वरिष्ठ अधिवक्ता त्रिपाठीलाई आक्रमण गरेको आरोपमा थप १ जना पक्राउ

काठमाडौँ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीलाई आक्रमण गरेको आरोपमा प्रहरीले थप १ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रौतहटको चन्द्रनिगाहापुर घर भएका दीपक आलेमगर छन् ।
यसअघि पक्राउ परेका ३ जनालाई काठमाडौँ जिल्ला अदालतले धरौटीमा रिहा गर्न आदेश गरेको छ । ज्यान मार्ने उद्योग मुद्दाका प्रतिवादीहरू दोलखा घर भएका ललितकुमार केसी र झापा घर भएकी ५५ वर्षीया सितल राई भनिने सीतादेवी राई धरौटी बुझाएर छुटेका छन् । धरौटी बुझाउन नसकेर अर्का प्रतिवादी हुम्लाको अदानचुली गाउँपालिका–४ घर भएका ३२ वर्षीय महानन्द जैसी कारागार चलान भएका छन् ।
काठमाडौँबाट पक्राउ परेका दीपक आलेमगरविरुद्ध प्रहरीले पूरक अभियोग लैजानेगरी हिरासतमा राखेर अनुसन्धान अघि बढाएको छ । उनीविरुद्ध अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान थालिएको प्रहरी वृत्त सिंहदरबारका डीएसपी गंगा पौडेलले रातोपाटीलाई बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आज सागसब्जी र फलफूलको मूल्य
-
भक्तपुरको गुण्डुमा पाँचतारे होटल निर्माण गर्दै स्वनिगः रिसोर्ट प्रालि, भूमि पूजा सम्पन्न
-
कक्षा १२ को परीक्षा सञ्चालनमा सहभागी नहुने शिक्षक महासंघको निर्णय
-
तराई मधेसमा ‘जुडशीतल’ पर्व मनाइँदै
-
तीन किलोमिटर सडक : ठेकेदार फेर्दा पनि देखिएन बन्ने छाँटकाँट
-
गणेशजीको बार आज कुन राशिलाई कति लाभदायी ?