वरिष्ठ अधिवक्ता त्रिपाठीलाई आक्रमण गर्ने ३ जनालाई धरौटीमा छाड्न आदेश

काठमाडौँ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीलाई आक्रमण गर्ने ३ जनालाई अदालतले धरौटीमा रिहा गर्न आदेश गरेको छ । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश गायत्रीप्रसाद रेग्मीले आक्रमणकारीहरूलाई प्रतिव्यक्ति १ लाखमा रिहा गर्न आदेश गरेका हुन् ।
ज्यान मार्ने उद्योग मुद्दाका प्रतिवादीहरू दोलखा घर भएका ललितकुमार केसी र झापा घर भएकी ५५ वर्षीय सितल राई भनिने सीतादेवी राई धरौटी बुझाएर छुटेका छन् । अर्का प्रतिवादी हुम्लाको अदानचुली गाउँपालिका–४ घर भएका ३२ वर्षीय महानन्द जैसी कारागार चलान भएका छन् । धरौटी बुझाउन नसकेपछि उनलाई केन्द्रीय कारागारको थुनामा पठाइएको प्रहरी वृत्त सिंहदरबारका डीएसपी गंगा पौडेलले रातोपाटीलाई बताए ।
माघ २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापतिको विरुद्धमा बहस गरेको भन्दै उनीहरुले त्रिपाठीलाई बबरमहलस्थित अदालत बाहिर आक्रमण गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नयाँ वर्ष २०८२ सालको पहिलो दिन पशुपतिनाथ मन्दिरमा दर्शन गर्नेको घुइँचो (तस्बिरहरू)
-
सिराहाबाट खैरो हेरोइनसहित युवक पक्राउ
-
रहेनन् नोवेल पुरस्कार विजेता ल्याटिन अमेरिकी लेखक ल्वोसा
-
भारतीय वायु सेनाको विमान उडिरहेको समयमा ‘साइबर हमला’को सिकार
-
फिल्म ‘सिटामोल’को प्रदर्शन मिति घोषणा, पाेष्टर सार्वजिनक
-
पिताम्बरकाे प्रतिक्रिया सकारात्मक : निर्देशक कृषा चाैलागाई