बीमक संघमा नयाँ कार्यसमिति निर्विरोध, अध्यक्षमा बैदवार
![बीमक संघमा नयाँ कार्यसमिति निर्विरोध, अध्यक्षमा बैदवार](https://npcdn.ratopati.com/media/news/nepal-bimak-sangh_d7DgsREbcw.jpg)
काठमाडौँ । निर्जीवन बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरूको संस्था नेपाल बीमक संघमा सर्वसम्मत रूपमा नयाँ नेतृत्व चयन भएको छ । संघको नयाँ नेतृत्वका लागि उम्मेदवारी मनोनयन क्रममा प्रत्येक पदको लागि एक/एक जनाको मात्रै आवेदन परेको हो ।
यसअनुसार संघको अध्यक्ष सिद्धार्थ प्रिमियर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत वीरेन्द्र बैदवार क्षेत्री र महासचिव एनएलजी इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत सुनिल बल्लभ पन्त बनेका छन् ।
त्यस्तै, संघको उपाध्यक्षमा नेको इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत अशोक कुमार खड्का र कोषाध्यक्षमा आईजिआई प्रुडेन्सियल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत युगेश भक्त बादे श्रेष्ठ निर्विरोध भएका छन् ।
संघको कार्यसमितिमा नयाँ सदस्यको रूपमा हिमालयन एभरेष्ट इन्स्योरेन्सकी प्रमुख कार्यकारी अधिकृत अन्जु श्रेष्ठ निर्वाचित भएकी छिन् । साथै, सदस्यहरुमा दि ओरिएन्टल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत टोटन चक्रवर्ती र प्रभु इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत सञ्चित बज्राचार्य चयन भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युक्रेनी हिरासतबाट फर्किएका नेपालीको अनुभव– अहिले युक्रेन जानु सुगाको पिँजडामा पर्नु जस्तै हो
-
वार्षिक १० हजारलाई रोजगारी दिने कार्यक्रमको कानुन निर्माण प्रक्रिया अघि बढाउने सहमतिसँगै हट्यो संसद्को गतिरोध
-
घरेलु मैदानमा जितविहीन बन्दै टुंगियो नेपाली टोलीको यात्रा, थाइल्यान्डसँग ७ विकेटले पराजित
-
अलपत्र शीतभण्डार सञ्चालनमा ल्याउन निर्देशन
-
९ महिना युक्रेनीको कब्जामा रहेका २ नेपाली स्वदेश फिर्ता (तस्बिरहरू)
-
२ करोड ७९ लाख धरौटी बुझाइसकेका रवि लामिछानेसँग कति छ सम्पत्ति ?