केपी ओली कप : राजनीतिज्ञसँग कलाकारको टोली विजयी
शुक्रबार, २५ माघ २०८१, १८ : १७
![केपी ओली कप : राजनीतिज्ञसँग कलाकारको टोली विजयी](https://npcdn.ratopati.com/media/news/bbb_hupKupd1Tm.jpg)
काठमाडौँ । फाल्गुन ११ गतेदेखि काठमाडौँमा सुरु हुने तेस्रो संस्करणको केपी ओली कप फुटबल प्रतियोगिताको तयारी स्वरूप राजनीतिज्ञ र कलाकारबिच मैत्रीपूर्ण खेल आयोजना गरिएको छ । राष्ट्रिय युवा संघ नेपालले लैनचौरस्थित एनसेल खेल मैदानमा राजनीतिज्ञ र कलाकारबिच मैत्रीपूर्ण खेल आयोजना गरेको हो ।
खेलमा कलाकारले राजनीतिज्ञलाई ४–१ गोल अन्तरले पराजित गरेको थियो । राजनैतिक दलको समूहबाट टिम क्यापटेन क्षितिज थेबे रहेका थिए भने कलाकारबाट बद्री पंगेनी कप्तान रहेका थिए ।
केपी ओली कप फुटबल प्रतियोगिताको तेस्रो संस्करण फागुन ११ देखि १९ गतेसम्म काठमाडौँमा हुँदैछ । प्रतियोगिताको विजेताले १५ लाख ११ हजार १ सय ११, दोस्रो टोलीले ५ लाख रुपैयाँ प्राप्त गर्ने युवा संघले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वार्षिक १० हजारलाई रोजगारी दिने कार्यक्रमको कानुन निर्माण प्रक्रिया अघि बढाउने सहमतिसँगै हट्यो संसद्को गतिरोध
-
घरेलु मैदानमा जितविहीन बन्दै टुंगियो नेपाली टोलीको यात्रा, थाइल्यान्डसँग ७ विकेटले पराजित
-
अलपत्र शीतभण्डार सञ्चालनमा ल्याउन निर्देशन
-
९ महिना युक्रेनीको कब्जामा रहेका २ नेपाली स्वदेश फिर्ता (तस्बिरहरू)
-
२ करोड ७९ लाख धरौटी बुझाइसकेका रवि लामिछानेसँग कति छ सम्पत्ति ?
-
अमेरिकाद्वारा भेनेजुएलाका राष्ट्रपति मदुरोको दोस्रो विमान पनि जफत