शुक्रबार, २५ माघ २०८१
ताजा लोकप्रिय

पाथीभरामा केबलकार बनाउने कुरा शान्तिपूर्ण संवादबाट टुंग्याउनुपर्छ : सांसद महत

शुक्रबार, २५ माघ २०८१, १७ : ४५
शुक्रबार, २५ माघ २०८१

काठमाडौँ । नेपाली कांग्रेसका सांसद डा.प्रकाशशरण महतले ताप्लेजुङको पाथीभरा मन्दिर पुग्नका लागि केबलकार बनाउने विषयमा भएको विवाद शान्तिपूर्ण संवादबाट टुंग्याउनुपर्ने बताएका छन् । शुक्रबार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन् । 

सांसद महतले ताप्लेजुङ वासीको परम्परा र संस्कृतिको संरक्षण हुनेगरी केबलकार बनाउनुपर्ने बताए । उनले पाथीभरामा केबलकार निर्माण गर्न सके त्यहाँको आर्थिक गतिविधि चलायमान हुने विश्वास व्यक्त गरे । उनले केबलकार बनाउन सके पर्यटकको संख्यामा वृद्धि हुने भएको कारण त्यहाँको स्थानीय उत्पादनले स्थान पाउने र रोजगारीको अवसर समेत सिर्जना हुने बताए । उनले केबलकार निर्माणको विषयमा भइरहेको विवाद मिलाउन सरकार लागिपरेको समेत बताए । 

उनले भने, ‘पाथीभराको जुन अत्यन्तै पवित्र तीर्थस्थल छ, त्यहाँका आदिवासी, जनजाति, किराँत सबैको पवित्रस्थल हो । समग्र सनातन धर्मावलम्विहरुको तीर्थस्थल हो । त्यहाँ अत्यन्तै सुन्दर धार्मिक पर्यटकीय धार्मिक स्थल छ । त्यसमा बढीभन्दा बढी पर्यटक पुग्न सकुन् र सबैले माताको आशीर्वाद लिन सकुन् भन्ने हामी सबैको अपेक्षा छ । त्यसले ताप्लेजुङको आर्थिक अवस्थालाई पनि सुधार्न मद्दत गर्छ भन्ने हाम्रो भनाई हो ।’

ताप्लेजुङको पाथीभरा मन्दिर जाने केबलकार बनाउने विषयमा पक्ष र विपक्षबिच विवाद हुँदै आइरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप