अध्यक्ष प्रचण्डद्वारा पार्टी प्रवेश गर्नेहरुलाई स्वागत
काभ्रे । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज काभ्रेपलाञ्चोक जिल्लाका विभिन्न स्थानबाट विभिन्न पार्टी परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गर्नेहरुलाई स्वागत गरेका छन् ।
माओवादी केन्द्र जिल्ला समन्वय समिति काभ्रेपलान्चोकको आयोजना धुलिखेलमा भएको राजनीतिक वैचारिक प्रशिक्षणका क्रममा उहाँले नवप्रवेशीहरुलाई स्वागत गरेका हुन् । तेमाल गाउँपालिकाबाट रावणजी तामाङको नेतृत्वमा २१ जना, धुलिखेल नगरपालिकाबाट भीमबहादुर मोक्तान, वीरबहादुर घिसिङसहित २५ जना र रोशी गाउँपालिकाबाट जोवान लामासहित विभिन्न व्यक्तिहरु माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।
उनीहरु कांग्रेस, एमाले लगायतका दलहरु परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । धुलिखेल नगरपालिकाको हलमा राजनीतिक वैचारिक प्रशिक्षण जारी छ । प्रशिक्षणमा अध्यक्ष प्रचण्ड, उपाध्यक्ष अग्निप्रसाद सापकोटा, केन्द्रीय सदस्य सूर्यमान दोङलगायतका नेताहरुको सहभागिता रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
समाजवादी क्रान्तिको सङ्कल्प गर्ने बेला आयो : अध्यक्ष प्रचण्ड
-
रवि लामिछानेबारे चार जिल्ला अदालतको समान निष्कर्ष
-
हिउँदमा मनाङ घुम्न आए ४६ देशका पर्यटक
-
चरा–चुरुंगीलाई बाधा पुर्याउँदै लहरे बत्ती, तस्बिरमा हेर्नुहोस्
-
कानुन व्यवसायी परिषद्को पार्षद्का लागि शनिबार निर्वाचन
-
सामाजिक सञ्जालसम्बन्धी विधेयकविरुद्ध विराटनगरमा प्रदर्शन