निक्षेपमा २५ करोड लगानी गर्दै राष्ट्र बैंक
शुक्रबार, २५ माघ २०८१, १७ : ०५
काठमाडौँ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूको निक्षेपमा लगानी गर्ने भएको छ । राष्ट्र बैंकले शुक्रबार सूचना जारी गर्दै २५ करोड रुपैयाँ बराबर रकम विभिन्न वित्तीय संस्थामा लगानी गर्ने जनाएको हो ।
उक्त रकम वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीमा लगानी गर्ने राष्ट्र बैंकको भनाइ छ । निक्षेप लगानीको समय फागुन ६ देखि एक वर्षको हुने केन्द्रीय बैंकले जनाएको छ ।
राष्ट्र बैंकको निक्षेप लिन चाहने वित्तीय संस्था सञ्चालनमा आएको कम्तीमा दुई वर्ष पूरा भएको हुनुपर्नेछ । त्यस्तै निष्क्रिय कर्जा ५ प्रतिशतभन्दा कम हुनुपर्ने, कर्जारनिक्षेप अनुपात सीमाभित्र रहेको हुनुपर्ने र गत आर्थिक वर्षमा खुद मुनाफामा रहेको हुनुपर्ने राष्ट्र बैंकको सूचनामा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सामाजिक सञ्जालसम्बन्धी विधेयकविरुद्ध विराटनगरमा प्रदर्शन
-
काठमाडौँ महानगरले सामुदायिक विद्यालयलाई स्मार्ट बोर्ड दिने
-
दोलखाको सैलुङबाट देखिएका हिमशृङ्खला, तस्बिरहरु
-
पहिरोमा परेर मृत्यु भएका अनुपमको स्मृतिमा फुटबल प्रतियोगिता
-
अध्यादेशमा सबैको नजर उपेन्द्रतर्फ, महन्थ ठाकुर पनि छैनन् सन्तुष्ट
-
वरिष्ठ अधिवक्ता त्रिपाठीलाई आक्रमण गरेको आरोपमा थप १ जना पक्राउ