अहिले कथा हिरो भएको समय हो : रेखा थापा
![अहिले कथा हिरो भएको समय हो : रेखा थापा](https://npcdn.ratopati.com/media/news/rekha_0HjRohTTWh.jpg)
काठमाडौँ । नायिका रेखा थापाले पर्दामा देखिनु मात्र हिरोइजम नभएको बताएकी छन् । शुक्रबार ह्वाइट हाउस लिटरेचर फेस्टिभलमा ’हिजोका हिरो, आजका हिरो’ सेसनमा बोल्ने क्रममा उनले यस्तो धारणा राखेकी हुन् ।
‘पर्दामा देखिनु मात्र हिरोइजम होइन । हिरोले समाजमा आशा लेखाउँछ । हिरोले समाजिक रुपान्तरणमा कति काम ग¥यो भन्ने पनि हेरिनुपर्छ,’ उनले भनिन्– ‘हिरो कुनै समयको नभएर सधैँका लागि हुने र त्यो योगदानले मात्र सम्भव हुनेछ ।’
उनले पुरुष प्रधान फिल्म बनिरहेको अवस्थामा आफूले हिम्मत गरेर आफैँ चलचित्र निर्माण गर्ने हिम्मत जुटाएको बताइन् । थापाले अहिलेको समय फिल्ममा व्यक्ति नभइ कथा हिरो भइरहेको बताएकी छन् ।
‘पहिले लिड रोलमा काम गर्नेलाई मात्रै हिरो भनिन्थ्यो । अहिले परिभाषा बदलिएको छ । अहिले चरित्र हो, यो कथा हिरो भइरहेको समय हो। अब हिरो हिरोइन विस्तापित भएको जस्तो लाग्छ,’ उनले भनिन् । पछिल्लो समय समाजको हिरोलाई हेर्ने दृष्टिकोण फरक भएको उनको भनाई थियो ।
भूकम्पको समयमा आफू डराउँदा मानिसले हिरोलाई पनि डर लाग्छ र भनेर प्रश्न गर्दा यस्तो परिस्थितिमा पनि आफूहरूले जोगिएर संरक्षणात्मक भूमिका निर्वाह गर्नुपर्ने उनले बताइन् । थापाले पछिल्लो समय नेपाली फिल्म हेर्ने पुस्ता घट्दै गएकोमा चिन्ता गरिन् ।
भनिन्– ‘नेपाली फिल्मलाई गर्नुस् ।’ यस्तै अभिनेता नाजिर हुसेनले सामान्य मान्छेमा सहयोगी भाव भए समाजका लागि त्यो नै हिरो हुने बताएका छन् ।
‘बाटो काट्दै गरेकी वृद्ध आमालाई बाटो काट्न सघाउने मानिस नै उनका लागि हिरो हो’ उनले भने । कलाकारले पनि रियलको हिरो बन्न समाजिक क्षेत्रमा काम गर्नुपर्ने उनको धारणा रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हिउँदमा मनाङ घुम्न आए ४६ देशका पर्यटक
-
चरा–चुरुंगीलाई बाधा पुर्याउँदै लहरे बत्ती, तस्बिरमा हेर्नुहोस्
-
कानुन व्यवसायी परिषद्को पार्षद्का लागि शनिबार निर्वाचन
-
सामाजिक सञ्जालसम्बन्धी विधेयकविरुद्ध विराटनगरमा प्रदर्शन
-
काठमाडौँ महानगरले सामुदायिक विद्यालयलाई स्मार्ट बोर्ड दिने
-
दोलखाको सैलुङबाट देखिएका हिमशृङ्खला, तस्बिरहरु