सरकार कृषि ऐन जारी गर्ने तयारीमा छ : मन्त्री अधिकारी
चितवन । कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले सरकारले कृषि ऐन जारी गर्ने तयारीमा रहेको बताएका छन् । कृषकहरूको माग र आवश्यकतालाई सरकारले ऐन मार्फत सम्बोधनको तयारी गरेको बताए ।
भरतपुरस्थित चितवन प्रदर्शनी केन्द्रमा आजदेखि सुरु भएको प्रथम राष्ट्रिय डेरी एक्स्पो २०८१ को उद्घाटन गर्दै मन्त्री अधिकारीले किसानहरूको सुझावलाई आफूहरू कृषि ऐनमा समेट्न तयार भइरहेको बताए । आवश्यक र समय सान्दर्भिक सुझावहरू दिन मन्त्री अधिकारीले आग्रह गरे ।
‘सरकारले ल्याउन लागेको कृषि ऐन आएपछि नेपालका कृषकहरूले हामी सक्षम छौँ । हामी गरिब भएर तथा खान नपाएर कृषिमा लागेका होइनौँ भन्ने भावनाको विकास हुन्छ’ उनले भने, ‘कृषि पेसालाई सम्मानित र मर्यादित बनाउने गरी ऐन जारी गर्ने तयारी रहेको छ । ऐनमा नै व्यवस्था गरी पशुपालन र डेरीमा प्रविधि भित्र्याएर उत्पादनमा विविधीकरण गरी किसानहरूको जीवन परिवर्तन गर्ने लक्ष्य रहेको छ ।’
किसानहरूलाई अत्यन्त पीडा रहेका मन्त्री अधिकारीले बताए । कृषकहरूको पीडालाई व्यवस्थापन गर्नका लागि सबैको इमानदारिताको जरुरी रहेको उनको भनाई छ । कार्यक्रममा चितवन जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घ लिमिटेडका अध्यक्ष किशोर बगालेले पशुपालनमा भित्रिएका आधुनिक प्रविधिहरूको प्रदर्शनी गरिएको बताए ।
दूध तथा दुग्धजन्य पदार्थको बजारीकरणमा सहजता दिन एक्स्पो सञ्चालन गरिएको बगालेले बताए । दूधको विविधीकरणका लागि आवश्यक पर्ने उपकरण तथा दूधबाट बन्ने परिकारको प्रदर्शनीसहितका ५२ वटा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्टलहरू प्रदर्शनीमा राखिएको बगालेको भनाई छ । दूध किसानहरूको समस्या समाधान गर्ने, पशुपालनमा प्रविधिको प्रयोग गर्दै उत्पादन लागतमा न्यूनीकरण गरी दुग्धजन्य पदार्थको निर्यात गर्ने उद्देश्यले सञ्चालन गरिएको प्रदर्शनी माघ २७ गतेसम्म सञ्चालन हुने उनले बताए ।
प्रदर्शनीमा डेरी उद्योगका लागि आवश्यक पर्ने सफ्टवेयर, डेरी सहकारी, पशुपालनमा प्रयोग हुने सामग्री तथा उपकरण, पशुपालन आहार सम्बन्धीका स्टलहरू, पशु औषधि तथा भेटनरी सेवा सम्बन्धीका स्टलहरू, डेरीलाई उपयोग हुने प्याकेजिङ उद्योगका स्टलहरू, बैङ्क तथा बिमा कम्पनीहरू, स्टार्टअप प्याभिलियनलगायतका स्टलहरू रहेका छन् । प्रदर्शनी अन्तर्गत कार्यशाला र तालिम, बिटुबी मिटिङ, सफल व्यावसायिक किसान, डेरी उद्यमी आदिको अनुभव तथा सफलताको कथा, पुरस्कार वितरण, डेरीजन्य नयाँ प्रडक्टको लन्चलगायत कार्यक्रम हुनेछन् ।
प्रदर्शनीको क्रममा भोलि शनिवार पशुसेवा विभाग, राष्ट्रिय दुग्ध विकास बोर्ड, दुग्ध विकास संस्थान, डेरी उद्योग सङ्घ, नेपाल डेरी उद्योग सङ्घ, केन्द्रीय दुग्ध उत्पादक सहकारी संघको बिचमा समूहगत छलफल हुनेछ । त्यस्तै, माघ २७ गते अन्तर दुग्ध सहकारी संस्थाबिच हाजिरी जवाफ प्रतियोगिता हुने अध्यक्ष बगालेले बताए । निःशुल्क प्रवेशको व्यवस्था गरिएको प्रदर्शनीमा ५० हजार भन्दा बढी दर्शकको उपस्थिति हुने अनुमान गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
समाजवादी क्रान्तिको सङ्कल्प गर्ने बेला आयो : अध्यक्ष प्रचण्ड
-
रवि लामिछानेबारे चार जिल्ला अदालतको समान निष्कर्ष
-
हिउँदमा मनाङ घुम्न आए ४६ देशका पर्यटक
-
चरा–चुरुंगीलाई बाधा पुर्याउँदै लहरे बत्ती, तस्बिरमा हेर्नुहोस्
-
कानुन व्यवसायी परिषद्को पार्षद्का लागि शनिबार निर्वाचन
-
सामाजिक सञ्जालसम्बन्धी विधेयकविरुद्ध विराटनगरमा प्रदर्शन