शुक्रबार, २५ माघ २०८१
ताजा लोकप्रिय

बैंकविरुद्ध भ्रम नफैलाउन चार संस्थाकाे आग्रह

शुक्रबार, २५ माघ २०८१, १६ : २२
शुक्रबार, २५ माघ २०८१

काठमाडौँ । वित्तीय क्षेत्रसँग सम्बन्धित चारवटा संस्थाले बैंकिङ क्षेत्रको बारेमा भ्रम नफैलाउन आग्रह गरेका छन् । 

नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स एसोसिएसन, नेपाल वित्तीय संस्था संघ र लघुवित्त बैंकर्स संघले शुक्रबार संयुक्तरुपमा विज्ञप्ति जारी गर्दै वित्तीय क्षेत्रमाथि फैलाइएको भ्रम र सामाजिक सञ्जालमार्फत भएको आक्रमणको विरोध गरेका हुन् । 

यी चार संस्थाले बैंक तथा वित्तीय क्षेत्रविरुद्ध अराजक गतिविधि र केही वित्त संस्थाको नाम प्रयोग गरी भ्रामक र गलत सूचना फैलाइएको भन्दै आपत्तिसमेत जनाएका छन् । 

विज्ञप्तिमा भनिएको छ, ‘बैंकहरू नेपाल राष्ट्र बैंकको नीति/नियम र सुपरीवेक्षणमा रहेर पारदर्शी ढंगले काम गर्ने निकाय हुन । नेपालको बैंकिङ क्षेत्र जोखिम बहन गर्ने क्षमता भएका र सुरक्षित रहेको स्पष्ट पार्दछौं ।’

यी संस्थाहरूले बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेपकर्ताको रकम पूर्णरुपमा सुरक्षित रहेको बताएका छन् । ‘नेपाल राष्ट्र बैंकबाट जारी निर्देशन बमोजिम प्राकृतिक व्यक्तिका नाममा बचत तथा मुद्दती खातामा रहेको ५ लाखसम्मको निक्षेप कर्जा सुरक्षण कोषमार्फत् सुरक्षण समेत गरिएको हुन्छ,’ विज्ञप्तिमा उल्लेख छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप