पूर्वप्रेमीले व्यक्तिगत सम्बन्धका भिडियो आफन्तको म्यासेन्जरमा पठाएपछि...
शुक्रबार, २५ माघ २०८१, १६ : १८
काठमाडौँ । प्रहरीले सामाजिक सञ्जालमार्फत महिलाको चरित्र हत्या गर्ने एक व्यक्तिलाई पक्राउ गरेको छ । प्रहरी प्रधान कार्यालय साइबर ब्यूरो र जिल्ला प्रहरीका कार्यालय सिरहाको संयुक्त टोलीले उदयपुरको लिम्चुङबुङ गाउँपालिका ४ का ३१ वर्षीय विश्वराज राईलाई बिहीबार पक्राउ गरेको हो ।
राईमाथि पीडित महिला र उनीसँग प्रेम सम्बन्धमा रहँदा व्यक्तिगत भिडियो तथा तस्बिरहरु उनका आफन्तको सामाजिक सञ्जाल (म्यासेन्जर) मा पठाई गाली गलौज समेत गरी चरित्र हत्या गरेको आरोप लागेको छ । सोही आरोपसहित पीडित महिलाले दिएको उजुरीका आधारमा राईलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका राईलाई काठमाडौँ जिल्ला अदालतबाट ५ दिन म्याद थप भई आवश्यक अनुसन्धान कार्य भइरहको प्रहरीले जनाएको छ ।