प्रधानमन्त्रीको निर्णय नेपाल चिकित्सक संघद्वारा स्वागत, आवासीय चिकित्सकको तलब ४८ हजार
काठमाडौँ । नेपाल चिकित्सक संघले प्रधानमन्त्री केपी शर्मा ओलीको निर्णय स्वागत गरेको छ । शुक्रबार एक विज्ञप्ति जारी गर्दै संघले आवासीय चिकित्सकको तलब ४८ हजार ७३७ कायम गरिएको जनाएको हो ।
यसअघि शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा चिकित्सा शिक्षा आयोगको बैठकले निजी मेडिकल कलेजमा अध्ययनरत आवासीय चिकित्सकलाई सरकारी सरह (आठौँ तह)को निर्वाह भत्ता उपलब्ध गराउने निर्णय गरेको थियो । यसबिचमा सम्बन्धित पक्षसँग भएका छलफल र प्राप्त प्रतिवेदनसमेतका आधारमा आवासीय चिकित्सकको समान सुविधा (मासिक रु ४८ हजार सात सय) कायम गर्ने निर्णय भएको हो ।
त्यसलगत्तै संघले विज्ञप्ति जारी गर्दै नेपालका आवासीय चिकित्सकहरूको निर्वाह भत्तालाई सरकारी आवासीय चिकित्सक आठौँ तह सरह गर्ने निर्णय एवं हप्तामा ८० घण्टा हुने तथा बिदालगायत अन्य विषयमा सरकार सकारात्मक देखिएकोमा प्रधानमन्त्री, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री, स्वास्थ्य तथा जनसंख्या मन्त्री र चिकित्सा शिक्षा आयोगलाई धन्यवाद दिँदै स्वागत गरेको हो ।
यसले आवासीय चिकित्सकहरूको कार्यसम्पादनलाई थप प्रोत्साहन दिने र स्वास्थ्य सेवाको गुणस्तरमा सुधार ल्याउने संघले विश्वास व्यक्त गरेको छ । यसले चिकित्सा पेसामा रहेका चिकित्सकहरूको मनोबल उच्च भई उनीहरूको कार्यकौशलतामा वृद्धि हुने विज्ञप्तिमा भनिएको छ ।
प्रशिक्षार्थी चिकित्सकहरूको उचित पारिश्रमिक तथा मागहरूको बारेमा सम्बोधन नभएकोप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै संघले उक्त पारिश्रमिक तथा मागहरूको बारेमा अविलम्ब सम्बोधन गर्न माग गरेको छ ।
संघका महासचिव डा. सञ्जीव तिवारीले जारी गरेको विज्ञप्तिमा भनिएको छ,‘यो कदमले नेपालको स्वास्थ्य क्षेत्रमा एक नयाँ युगको सुरुवात गर्ने विश्वास लिएका छौँ । यस निर्णयबाट आवासीय चिकित्सकहरूको मनोबल उच्च हुनुका साथै जीवनस्तरमा सुधार आउने, स्वास्थ्य सेवाको गुणस्तरमा वृद्धि हुने र चिकित्सकहरूको समर्पण र पेसागत क्षमता अझ वृद्धि हुने विश्वास लिएका छौँ ।’
आगामी दिनहरूमा अझ प्रभावकारी र समृद्ध स्वास्थ्य सेवा प्रणाली निर्माण गर्न सरकार प्रतिबद्ध रहने संघले आशा गरेको महासचिव तिवारीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फोन सफा गर्न स्यानिटाइजर प्रयोग गर्नु हुन्छ ?
-
प्रधानमन्त्री र मुख्यमन्त्रीहरुबिच भर्चुअल बैठक
-
सरकारले गठन गरेको वार्ता समितिसँग मुक्कुमलुङ संरक्षण समितिले वार्ता नगर्ने
-
टुङ्गरम इन्टरनेशनल एकेडेमीको जाहेरी तान्ने सीआईबीमाथि उच्च अदालतको प्रश्न
-
एक वर्षमा २ हजार बढी कुष्ठरोगका बिरामी फेला
-
अध्यक्ष प्रचण्डद्वारा पार्टी प्रवेश गर्नेहरुलाई स्वागत