शुक्रबार, २५ माघ २०८१
ताजा लोकप्रिय

मेरो प्रयासले धनगढी–खुटिया–दिपायल–बझाङ हुँदै उरै भञ्जाङ सडक निर्माणमा बजेट विनियोजन भएको हो : सांसद आले

शुक्रबार, २५ माघ २०८१, १४ : ५९
शुक्रबार, २५ माघ २०८१

काठमाडौँ । डोटीबाट निर्वाचित सांसद एवं पूर्वमन्त्री प्रेमबहादुर आलेले आफ्नो प्रयासले धनगढी–खुटिया–दिपायल–बझाङ हुँदै उरै भञ्जाङ जोड्ने सडक निर्माणमा बजेट विनियोजन भएको बताएका छन् । शुक्रबार प्रतिनिधि सभाको शून्य समयमा बोल्दै उनले धनगढी–खुटिया–दिपायल–बझाङ हुँदै उरै भञ्जाङ जोड्ने सडक निर्माणमा आफूले बजेट विनियोजन गराउन सफल भएको दाबी गरेका हुन् । 

सांसद आलेले उक्त सडकको बजेट विनियोजनका विषयमा केही तत्त्वहरूले अनावश्यक हल्ला फिँजाइ रहेको बताए । उनले भने,‘म डोटीबाट एक मात्र निर्वाचित संघीय सांसद हुँ । मैले यो सडकमा बजेट विनियोजन गराउनका लागि प्रधानमन्त्री, अर्थमन्त्रीसँग पटक पटक माग गरे । बजेट विनियोजन गराए । अहिले प्रदेशका मन्त्री, सांसद उक्त सडकमा आफूले बजेट विनियोजन गराएको भन्दै हल्ला फिँजाउन थालेका छन् । संघीय सरकारको बजेट संघीय सांसदले विनियोजन गराउँछन् कि प्रदेशका मन्त्री, सांसदले ?’

यसैगरी सांसद आलेले उक्त योजनामा प्रदेश सरकार, स्थानीय तहहरूले बजेट विनियोजन नगराएको स्पष्ट  पार्दै आफ्नो एकल प्रयास र मिहिनेतले बजेट पार्न सफल भएको जिकिर गरे ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप