अमेरिका भ्रमणमा नेतन्याहुले ट्रम्पलाई दिएका थिए सुनौलो पेजर
शुक्रबार, २५ माघ २०८१, १४ : ३७

वासिङटन डीसी । हालैको अमेरिका भ्रमणका क्रममा इजरायली प्रधानमन्त्री बेन्यामिन नेतन्याहुले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पलाई सुनौलो रंगको पेजर उपहार दिएका छन् । नेतन्याहुको कार्यालयले बताएअनुसार सुनौलो पेजरले युद्धमा ‘टर्निङ प्वाइन्ट’को प्रतिनिधित्व गरेको छ ।
इजरायलले २०२४ को सेप्टेम्बरमा हेजबुल्लाहविरुद्ध घातक कारबाही गरेको थियो । यस क्रममा लेबनानमा शृङ्खलाबद्ध रुपमा पेजर विष्फोट गराइएको थियो । यस कारबाहीमा इजरायलले हिजबुल्लाहका सदस्यहरूले बोकेका पेजरलाई निशाना बनाएका थिए ।
देशभरमा पेजर विस्फोटका घटनामा दर्जनौँ मानिसको ज्यान गएको थियो भने हजारौँ घाइते भएका थिए । उक्त अभियान हिजबुल्लाहका सदस्यहरूलाई मात्रै लक्षित गरेर चलाइएको इजरायलको भनाइ थियो । तर विस्फोटका पीडितमा सर्वसाधारण पनि परेको लेबनानी अधिकारीहरूले बताएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युरोपियन युनियनका राजदूत लोरेन्जो र ललितपुर महानगरका मेयर चिरिबाबुबीच भेट
-
१२ बजे, १२ समाचार : तीनकुने घटनामा संलग्न १२ जना थुनामुक्तदेखि १० रुपैयाँ भारु प्रतियुनिटमा पनि पाइएन विजुलीसम्म
-
भीम रावलको प्रश्न : महेश बस्नेत र पूर्णबहादुरको कुराको छानबिन हुनुपर्दैन ?
-
मनमोहन स्मृति क्रिकेट : त्रिभुवन आर्मी फाइनलमा
-
खुल्न थाले सामुदायिक विद्यालय
-
सन्तोषीको लन्डन म्याराथनमा नयाँ कीर्तिमान, सन्तोष गिनिज वर्ल्ड रेकर्डमा दर्ता