पानामा नहरमा पैसा नलिने भनेर अमेरिकाले अफवाह फैलाइरहेको छ : पानामा

पानामा सिटी । पानामाका राष्ट्रपति जोस राउल मुलिनोले अमेरिकामाथि झुट बोलेको र अफवाह फैलाएको आरोप लगाएका छन् । पानामा नहर भएर यात्रा गर्दा अब अमेरिकी सरकारको जहाजले पैसा तिर्नु नपर्ने हालै अमेरिकी विदेश मन्त्रालयले दाबी गरेको थियो ।
दुई पक्षबिच भएको सन्धिका कारण नहरमाथि कसैले आक्रमण गर्यो भने यसको रक्षा गर्न अमेरिका बाध्यकारी हुने भन्दै अमेरिकी जहाजसँग शुल्क व्यर्थ भएको उनको भनाइ थियो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कार्यभार सम्हालेयता नै बारम्बार नहर कब्जा गर्ने अभिव्यक्ति दिइरहेका छन् ।
नहरलाई बल लगाएर कब्जा गर्ने उनले अस्वीकार पनि गरेका छैनन् । शुक्रवार ट्रम्प र मुलिनोबिच वार्ता हुँदैछ । पानामा नहर आन्ध्र र प्रशान्त महासागरलाई जोड्ने ८२ किमी लामो नहर हो । यस नहर भएर जाने हरेक जहाजले आकार र प्रकार अनुसार शुल्क तिर्नुपर्छ ।
एक्समा एउटा पोस्टमा अमेरिकी विदेश मन्त्रालयले बुधवार अब अमेरिकी सरकारको जहाजले नहरबाट यात्रा गर्दा शुल्क तिर्नु नपर्ने र बर्सेनि अमेरिकी सरकारको दसौँ लाख डलर बच्ने कुरा गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ विश्वकै दोस्रो प्रदूषित सहर
-
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा वन्यजन्तु उद्धार केन्द्र निर्माण अन्तिम चरणमा
-
खुट्टाले बताउँछ तपाईँको स्वास्थ्यको अवस्था !
-
चिमामान्डा अदिचीको नयाँ पुस्तक ‘ड्रिम काउन्ट’ र अफ्रिकी चेतना
-
‘खानेपानीको सुविधा भयो, गाउँ छाडेर जान मन लाएको छैन’
-
फेरि एकपटक रश्मिका मन्दना र विजयको प्रेमको चर्चा