तस्बिरमा हेर्नुहोस् सिन्धुलीगढी युद्ध सङ्ग्रहालय
शुक्रबार, २५ माघ २०८१, १४ : ३१

काठमाडौँ । सिन्धुलीगढी युद्ध सङ्ग्रहालयमा आन्तरिक पर्यटकहरूको चहलपहल बढेको छ । नेपाललाई उपनिवेश बनाउन आएको इस्ट–इन्डिया कम्पनीका कप्तान किनलोकको अङ्ग्रेज फौजलाई वीर गोर्खाली फौजले परास्त गरेको ऐतिहासिक सिन्धुलीगढी किल्लामा युद्ध सङ्ग्रहालयको रुपमा विकास गरिएसँगै अहिले बिपी राजमार्ग भएर यात्रा गर्नेहरू सङ्ग्रहालयको अवलोकन गर्न आउने गरेका छन् ।
वि.सं. १८२४ मा भएको नेपाल–अङ्ग्रेज युद्धको ऐतिहासिक दस्ताबेज सङ्गृहीत गरी नेपाली सेनाले सिन्धुलीगढी युद्ध सङ्ग्रहालयको निर्माण गरेको हो । नेपालकै प्रथम युद्ध सङ्ग्रहालयको रूपमा रहेको सो सङ्ग्रहालयको उद्घाटन तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले गरेकी थिइन् । सो युद्ध सङ्ग्रहालयमा त्यस समयमा गोर्खाली सेनाले प्रयोग गरेका हातहतियार, बाजागाजालगायत ऐतिहासिक सामग्रीहरू राखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पिकअप भ्यान पल्टिंदा दुई जनाको मृत्यु, २२ जना घाइते
-
चीनमाथि थप ५० प्रतिशत अतिरिक्त भन्सार शुल्क लगाउने ट्रम्पको चेतावनी
-
निर्माणाधीन एसियाली राजमार्गले निम्त्याएको प्रदूषण नियन्त्रण गर्न स्थानीयको माग
-
सञ्चारकर्मी तथा गीतकार राधिकाको ‘फूल फूल्यो फक्रियो’ सार्वजनिक
-
आईपीएलमा मुम्बई इन्डियन्सको चौथो हार, बैंग्लुरु तेस्रो स्थानमा यथावत
-
डढेलोले सखाप हुँदै जङ्गल