दुर्घटनामा ५ जनाको मृत्यु (विवरणसहित)
![दुर्घटनामा ५ जनाको मृत्यु (विवरणसहित)](https://npcdn.ratopati.com/media/news/accident_OynmnXhbfw.jpg)
काठमाडौँ । विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ५ जनाको मृत्यु भएको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार कैलालीको जोशीपुर गाउँपालिका-५ मैनपोखरी नहरको पुलस्थित सडकमा सु.प.०१-००२ त ५२३२ नम्बरको ट्याक्टरबाट खसेर ट्याक्टरमा सवार सोही गाउँपालिका-५ सिम्राना बस्ने ५८ वर्षीया रामपति थरूनीको बिहीबार बेलुकी मृत्यु भएको छ ।
ट्याक्टरबाट खसेर गम्भीर घाइते भएकी उनको मेडिकल कलेज नेपालगंज बाँकेमा थप उपचारको क्रममा मृत्यु भएको हो । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यसैगरी कालिकोटको नरहरिनाथ गाउँपालिका-९ छिप्पे खोलास्थित सडकमा क प्र.०२-००१ क ०८२० नम्बरको मिनी ट्रक अनियन्त्रित भई बिहीबार राति दुर्घटना हुँदा ट्रकमा सवार सोही गाउँपालिका-८ लालु बस्ने ४५ वर्षीय गंगा देउवाको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको लागि जिल्ला अस्पताल कालिकोटतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सिन्धुलीको गोलन्जोर गाउँपालिका-५ स्थितमा सडकमा पनि बा.प्र.०१-०३० च ९६४२ नम्बरको इभी गाडी अनियन्त्रित भई सडकबाट करिब ४ सय मिटर तल खसेर शुक्रबार बिहान दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका गाडीमा सवार अन्य ५ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।
धादिङको बेनिघाट रोराङ गाउँपालिका-५ चरौँदीस्थित सडकमा पनि बा.१२ च १९१६ नम्बरको कार र बागमती प्रदेश ०१-०२७ च ८५०५ नम्बरको गाडी एकापसमा ठक्कर खाई बिहीबार राति दुर्घटना हुँदा कारमा सवार काठमाडौँ महानगरपालिका-१६ बस्ने ५३ वर्षीया लक्ष्मी श्रेष्ठको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएकी उनको राष्ट्रिय ट्रमा सेन्टर काठमाडौँमा थप उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका कारमा सवार अन्य २ जनाको राष्ट्रिय ट्रमा सेन्टर काठमाडौँमा उपचार भइरहेको छ । हाल फरार गाडी चालकको प्रहरीले खोजी गरिरहेको छ ।
यसैगरी झापा, बिर्तामोड नगरपालिका-२ चारपानेस्थित सडकमा हाल नम्बर नखुलेको सवारी साधनको ठक्करबाट पैदलयात्री बिर्तामोड नगरपालिका-६ जलकन्या बस्ने ६५ वर्षीया चन्द्रकला राईको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएकी उनको प्रादेशिक अस्पताल भद्रपुरमा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार सवारी साधनको प्रहरीले खोजी गरिरहेको छ ।
दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अहिले कथा हिरो भएको समय हो : रेखा थापा
-
अध्यादेशको विषयमा ८ दलीय मधेसी मोर्चा किन मौन ?
-
सरकार कृषि ऐन जारी गर्ने तयारीमा छ : मन्त्री अधिकारी
-
९ महिना युक्रेनीको कब्जामा रहेका २ नेपाली स्वदेश फिर्ता (तस्बिरहरू)
-
बैंकविरुद्ध भ्रम नफैलाउन चार संस्थाकाे आग्रह
-
पूर्वप्रेमीले व्यक्तिगत सम्बन्धका भिडियो आफन्तको म्यासेन्जरमा पठाएपछि...