शरीफुल नै थिए सैफलाई हमला गर्ने व्यक्ति

नयाँ दिल्ली । बलिउड अभिनेता सैफ अली खानमाथि आक्रमण गरेको आरोप लागेका शरीफुल इस्लामको केही औँलाको छाप अभिनेताको घरबाट लिइएका नमुनाहरूसँग मेल खाएका छन् । १५ जनवरीको अबेर रातमा सैफको घरमै उनीमाथि आक्रमण भएको थियो । जनवरी २२ मा, मुम्बई प्रहरीले औँठाछाप र अन्य नमुनाहरू सङ्कलन गरेको थियो र अनुसन्धानको लागि सीआईडीको प्रयोगशालामा पठाएको थियो ।
मुम्बई प्रहरीबाट प्राप्त जानकारी अनुसार, सैफ अली खानमाथि आक्रमण गर्ने आरोपी शरीफुल इस्लामको फिङ्गरप्रिन्ट परीक्षणको लागि पठाइएका केही नमूनाहरूको रिपोर्ट आइपुगेको छ । यसमा केही औँलाको छापहरू मिलेका छन् । तर, प्रहरी अन्तिम रिपोर्टको पर्खाइमा भएको बताइएको छ । सैफका दुई महिला कर्मचारीले फेब्रुअरी ६ मा अभियुक्त शरीफुलको पहिचान पुष्टि गरेका थिए । आक्रमणको समयमा सैफका कोठामा उपस्थित एरियाना फिलिप र जुनुलाई हालै मुम्बईको आर्थर रोड जेलमा अभियुक्तको पहिचान गर्न बोलाइएको थियो ।
सीसीटीभीमा देखिएका व्यक्ति फरक भएको शरीफुलका बुबा र उनका वकिलको दाबी छ । उनीहरूले लगातार सैफको आक्रमणकारी अर्कै भएको दाबी गरिरहेका छन् । प्रहरीले गलत व्यक्तिलाई पक्राउ गरेको उनीहरूको आरोप थियो । यसैबीच, प्रहरीले सीसीटीभीमा कैद भएको अभियुक्तको अनुहारसँग शरीफुलको अनुहार मिलाउन अनुहार पहिचान परीक्षण गरेको थियो । मुम्बई प्रहरीले अनुहार पहिचान परीक्षण रिपोर्टले अभिनेताको घरमा पसेर छुरा प्रहार गर्ने व्यक्ति शरीफुल इस्लाम भएको पुष्टि गरेको बताएको छ ।
‘अनुहार पहिचान रिपोर्ट बाहेक, हामीसँग सीसीटीभी फुटेज, मोबाइल फोन लोकेसन र इन्टरनेट प्रोटोकल विवरण रिपोर्ट जस्ता प्राविधिक प्रमाणहरू छन्, जसले शरीफुल वास्तविक अभियुक्त हो भनेर प्रमाणित गर्दछ,’ मुद्दाबारे जानकारी दिँदै एक वरिष्ठ प्रहरी अधिकारीले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भूमिहीनलाई व्यवस्थित गर्न पालिका सक्रिय
-
चेन्नईविरुद्धको खेल पञ्जाबको पञ्जामा, एकाएक चम्किए कप्तान अय्यर
-
१२ बजे, १२ समाचार : अभिनेत्री सुरक्षा पन्तको प्रतिरक्षा गर्दै राजावादीलाई प्रधानमन्त्रीको व्यंग्यदेखि धारामा पानी थापेको आरोपमा दलित युवतीमाथि कुटपिटसम्म
-
सरकार र शिक्षकबिच वार्ताको त्यो ७ घण्टा
-
युक्रेनले अमेरिकासँग छिट्टै खनिज सम्झौता गर्ने
-
सुरक्षाको बचाउ गर्दै प्रधानमन्त्रीले भने - राजावादीले कस्तो सहनै नसकेको होला