विपिन जोशीको रिहाइका लागि सभामुखद्वारा अरब संसद्का अध्यक्षलाई पत्र
काठमाडौँ । सभामुख देवराज घिमिरेले हमासद्वारा अपहरण गरिएका नेपाली विद्यार्थी विपिन जोशीको शीघ्र रिहाइका लागि पहल गरेका छन् । सभामुख घिमिरेले अरब संसद्का अध्यक्ष मोहम्मद अहमद अल–यमाहीलाई शुक्रवार पत्र लेख्दै विपिन जोशीको सकुशल रिहाइका लागि विशेष पहल गरिदिन अनुरोध गरेका हुन् ।
‘नेपाल र अरब लिगबिचको सौहार्दपूर्ण सम्बन्धलाई ध्यानमा राख्दै म तपाईंलाई अक्टोबर ७, २०२३ देखि हमासद्वारा बन्दी बनाइएका नेपाली विद्यार्थी विपिन जोशीको यथाशीघ्र रिहाइका लागि पहल र सहयोगका लागि अनुरोध गर्दछु,’ पत्रमा भनिएको छ ।
पत्रमा सभामुख घिमिरेले नेपाल र अरब लिगबिचको सौहार्दपूर्ण सम्बन्धको स्मरण गर्दै विपिन जोशीलाई सकुशल स्वदेश फर्काउन अरब लिगले सहयोग पुर्याउने विश्वास व्यक्त गरेका छन् ।
‘नेपाल सरकारले हालै इजरायल र हमासबिच भएको युद्धविराम तथा बन्दी आदानप्रदान सम्झौताको लागि स्वागतयोग्य दृष्टिकोण लिएको स्मरण गराउँदछु,’ सभामुखले लेखेका छन् ।
हमासले २०२३ अक्टोबर ७ मा गरेको आक्रमणपछि जोशीलाई बन्दी बनाएको थियो । जोशीको रिहाइका लागि सरकारले कूटनीतिक पहल गरिरहेको छ । गएको आइतबार नेपालका लागि इजरायली राजदूत श्मुलिक आरी बासले सभामुखसँगको भेटमा विपिनको रिहाइका लागि संसदीय कूटनीति समेत प्रयोग गर्न सकिने सुझाव दिएका थिए । पत्रका सभामुख घिमिरेले नेपाल सरकारले हालै इजरायल र हमासबीच भएको युद्धविराम तथा बन्दी आदान–प्रदान सम्झौताको स्वागत गरेको समेत उल्लेख गरेका हुन् ।
सभामुख घिमिरेले नेपाल सार्क, बिमस्टेकजस्ता क्षेत्रीय तथा उपक्षेत्रीय संरचनाहरूमा सक्रिय रूपमा सहभागी हुँदै आएको स्मरण गराउँदै नेपाल र अरब लिगबिच थप सहकार्यको आवश्यकतामा जोड दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बैंकविरुद्ध भ्रम नफैलाउन चार संस्थाकाे आग्रह
-
पूर्वप्रेमीले व्यक्तिगत सम्बन्धका भिडियो आफन्तको म्यासेन्जरमा पठाएपछि...
-
पूर्वाधार समितिमा मन्त्री खड्कालाई सत्ता र प्रतिपक्ष सांसदहरूको प्रश्नै–प्रश्न
-
भूमि आयोगको जिल्ला समितिमा १०१ जना सदस्य नियुक्त, को–कहाँ ? (सूचीसहित)
-
मेक्सिकन क्लब मोन्टेरीमा आबद्ध भए रियल म्याड्रिडका पूर्वखेलाडी सर्जियो रामोस
-
रेबिज लागे मृत्यु पक्का !, जोगिन के गर्ने ?