सोमबार, १८ चैत २०८१
ताजा लोकप्रिय
साताको सेयर

सातामा ४२ अंकले बढ्यो नेप्से, कारोबार रकममा तीव्र उतारचढाव

शुक्रबार, २५ माघ २०८१, १५ : ००
शुक्रबार, २५ माघ २०८१

काठमाडौँ । यो साता सेयर बजार परिसूचक (नेप्से) ४२ अंकले बढेको छ । अघिल्लो बिहीबार बजार बन्द हुँदा परिसूचक २६५७ बिन्दुमा थियो । हिजो बिहीबार परिसूचक २६९९ बिन्दुमा पुगेको छ । 

यो साता ५ दिन कारोबार हुँदा २ दिन बजार बढ्यो भने ३ दिन घट्यो । आइतबार बजार ६९ अंकले उक्लियो । सोमबार २.४१ अंकले मात्रै बढ्यो । सोमबार परिसूचक २७३० बिन्दुमा पुगेको थियो । 

त्यसपछिका ३ दिन बजार सामान्य अंकले ओरालो लाग्यो । मंगलबार १४ अंकले घट्दा परिसूचक २७१५ बिन्दुमा पुगेर रोकिएको थियो । त्यसपछि बुधबार ४ अंकको गिरावट आयो भने बिहीबार ११ अंकले बजार घट्यो । यो सातामा परिसूचक २७६४ को उच्च बिन्दुमा उक्लियो भने २६३४ को न्यून बिन्दुसम्म आयो । 

कारोबार रकममा पनि यो साता तीव्र उतारचढाव देखियो । आइतबार १२ अर्ब ७५ करोडको कारोबार भएको थियो । सोमबार ११ अर्ब ७१ अर्बको कारोबार भयो भने मंगलबार ८ अर्ब ८२ करोडमा झर्‍यो । 

बुधबार ८ अर्ब ८५ करोडको कारोबार भएको थियो भने हिजो, बिहीबार बढेर ९ अर्ब ९५ लाखको कारोबार भयो ।   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप