शुक्रबार, २५ माघ २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

१ करोड ७० लाख डलर धोकाधडी कान्डमा बेसबल स्टार ओहतानीका अनुवादक जेल चलान

शुक्रबार, २५ माघ २०८१, १३ : १९
शुक्रबार, २५ माघ २०८१

वासिङटन डीसी । लस एञ्जलस डजर्सका बेसबल स्टार शोहेई ओहतानीका पूर्व अनुवादकलाई झन्डै ५ वर्षको जेल सजाय सुनाइएको छ । धोकाधडी र जुवा कान्डमा इप्पेई मिजुहारालाई उक्त सजाय दिइएको हो । 

अदालतले मिजुहारालाई उनले ओहतानीबाट चोरेको झन्डै १ करोड ७० लाख डलर फिर्ता गर्न र कर राफसाफका लागि अमेरिकाको आन्तरिक राजस्व कार्यालयलाई १० लाख डलर बुझाउन आदेश दिइएको छ ।

ओहतानीले २०१८ मा यूएस मेजर लिग बेसबल (एमएलबी)मा डेब्यू गरेदेखि नै मिजुहारा ओहतानीको अंग्रेजी अनुवादक थिए । गएको वर्ष उनको जुवाको लतबारे खुलासा भएपछि उनलाई बर्खास्त गरिएको थियो । 

त्यसपछि ओहतानीको पैसाको छानबिन भयो । यस क्रममा जुवामा हारेको पैसा चुक्ता गर्न मिजुहाराले ओहतानीको १ करोड ७० लाख डलर अपचलन गरेको खुलासा भयो । 

आफ्नो काम ढाकछोप गर्न मिजुहाराले कर रेकर्डमा पनि हेरफेर गरेका थिए । बैंक र कर ठगीमा मिजुहारा दोषी पाइएका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप