शुक्रबार, २५ माघ २०८१
ताजा लोकप्रिय

एक्स्ट्राटेक ओभल क्रिकेट स्टेडियममा शनिबारदेखि ‘फ्लड लाइड’ जडान

शुक्रबार, २५ माघ २०८१, १३ : १२
शुक्रबार, २५ माघ २०८१

काठमाडौँ । रुपन्देहीमा निर्माणधीन एक्स्ट्राटेक ओभल क्रिकेट स्टेडियममा फ्लड लाइट जडानको काम शनिबारदेखि सुरु हुने भएको छ । यो नेपालमै पहिलो पटक निजी क्षेत्रबाट निर्माण गर्न लागिएको पहिलो क्रिकेट स्टेडियम हो । 

यो क्रिकेट स्टेडियम रुपन्देहीको तिलोत्तमा निर्माण हुँदैछ । एक्स्ट्राटेक ओभल क्रिकेट स्टेडियमका प्रबन्धक निर्देशक विनोद कुँवरले शुक्रवार बुटवलमा पत्रकार सम्मेलन गरी शनिबारदेखि स्टेडियममा फ्लड लाइट जडानको काम सुरु हुने जानकारी दिए ।

2

‘स्टेडियममा फ्लड लाइट जडानको काम हुँदैछ । यो नेपाली क्रिकेटका लागि महत्वपूर्ण उपलब्धि हुनेछ । अबको एक महिनाभित्र फ्लड लाइट जडानको काम सकिने छ । त्यसपछि यो स्टेडियममा दिवा–रात्री खेल पनि खेलाउन सकिने छ,’ कुँवरले भने ।

फ्लड लाइट जडान गर्न करिब सात करोड रुपैयाँ खर्च हुने बताइएको छ । स्टेडियममा पाँचवटा फ्लड लाइट जडान गर्न लागिएको उनले बताए ।  एक्स्ट्राटेक ओभल क्रिकेट स्टेडियमको शिलान्यास २०८० साल जेठ २९ गते भएको थियो ।

34

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप