कालीकोटमा ट्रक दुर्घटना, एक जनाको मृत्यु
शुक्रबार, २५ माघ २०८१, १२ : ५४

मान्म । कालीकोटको नरहरिनाथ गाउँपालिकामा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । नरहरिनाथ–८ लालु गाउँबाट फर्किने क्रममा बिहीबार राति कर्णाली प्रदेश ००१ क ०८२० नम्बरको ट्रक दुर्घटना हुँदा नरहरिनाथ–५ रुप्साका ४५ वर्षीय गङ्ग देउवाको मृत्यु भएको प्रहरी नायव उपरीक्षक टेकबहादुर रावतले जानकारी दिए ।
घाइते देउवालाई प्रहरीले भीरबाट निकालेर उपचारका लागि सदरमुकाम मान्म लैजाने क्रममा उनको बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । ट्रक सडकबाट झण्डै दुई सय मिटर तल खसेको थियो । ट्रक चालक हाम फालेर बाँच्न सफल भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपचार सिफारिस गरिएका कागजातमा चिकित्सकको पूर्ण विवरण उपलब्ध गराउन मन्त्रालयको निर्देशन
-
सहिदका सपना पूरा गर्ने अध्यक्ष दाहालको प्रतिबद्धता
-
कोशी प्रदेश लगानी सम्मेलनको तयारी पूरा, ७१ वटा परियोजना तय
-
सहमतिलाई अन्तिम रूप दिन आज शिक्षामन्त्री र शिक्षकहरूबिच वार्ता हुँदै
-
प्रथम लायन्स कप अन्तर्राष्ट्रिय भलिबलको तयारी अन्तिम चरणमा
-
ट्रम्पले मार्क कार्नीलाई दिए जितको बधाई