‘डेब्यू’ खेलमै कप्तानको जिम्मेबारी पाउने भाग्यमानी क्रिकेटर !
![‘डेब्यू’ खेलमै कप्तानको जिम्मेबारी पाउने भाग्यमानी क्रिकेटर !](https://npcdn.ratopati.com/media/news/circket_xkgsFLreK2.png)
काठमाडौँ । राष्ट्रिय टोलीबाट खेल्नु हरेक क्रिकेटरको सपना हुन्छ । यसका लागि खेलाडीले वर्षौं सँघर्ष गरेका हुन्छन् । तर, केही खेलाडीले भने आफ्नो खेलजीवनमा नसोचेको अवसर पनि प्राप्त गर्छन् ।
यस्तै खेलाडी हुन्, जिम्बाबेका जोनाथन क्याम्पवेल । अहिले जिम्बाबेले घरेलु मैदान बुलावायोमा आयरल्यान्डसँग टेस्ट खेलिरहेको छ । जिम्बाबेका २७ वर्षीय खेलाडी क्याम्पवेलका लागि यो ‘डेब्यू’ टेस्ट पनि हो ।
रमाइलो संयोग के हो भने, क्याम्पवेलले आफ्नो ‘डेब्यू’ टेस्टमै टोलीको कप्तानी गर्ने अवसर पनि पाएका छन् । विश्व खेल जगतमा यस्तो अवसर निकै कम खेलाडीले मात्र पाउँछन् । जिम्बाबेका नियमित कप्तान क्रेग एर्विनले पारिवारीक कारण देखाउँदै अन्तिम समयमा आएर खेल छाडेका थिए ।
त्यसैले आयरल्यान्डविरुद्धको टेस्टमा क्याम्पवेलले कप्तान बन्ने अवसर पाएका हुन् । क्याम्पवेलसँग घरेलु प्रतियोगिताहरुमा सफल नेतृत्व गरेको पर्याप्त अनुभव भएकाले उनलाई कप्तान बनाइएको समाचारमा जनाइएको छ ।
जोनाथन क्याम्पवेलका पिता पनि जिम्बाबेका चर्चित क्रिकेटर हुन् । जोनाथनका पिता एलिस्टेयर क्याम्पवेलले जिम्बाबेको राष्ट्रिय टोलीबाट लामो समय खेलेका थिए । एलिस्टेयर जिम्बाबेका पूर्वकप्तान पनि हुन् ।
एलिस्टेयर र जोनाथन जिम्बाबेको राष्ट्रिय क्रिकेट टोलीमा कप्तानको भूमिका निर्वाह गर्ने पहिलो बाबु–छोरा पनि हुन् । जोनाथन क्याम्पवेलले हालसम्म जिम्बोबका लागि नौवटा टी–२० अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेका छन् ।
जोनाथन ब्याटिङ अलराउन्डर हुन् । अन्तर्राष्ट्रिय क्रिकेटमा पछिल्लो ५० वर्षको अवधिमा ‘डेब्यू’ खेलमै कप्तानको जिम्मेबारी पाउने अन्य भाग्यमानी खेलाडी न्युजिल्यान्डका ली जर्मन र दक्षिण अफ्रिकाका निल ब्रान्ड हुन् ।
ली जर्मनले सन् १९९५ मा भारतविरुद्धको आफ्नो ‘डेब्यू’ खेलमै कप्तानको जिम्मेबारी पाएका थिए । निल ब्रान्डले सन् २०२४ मा न्युजिल्यान्डविरुद्धको आफ्नो ‘डेब्यू’ खेलमै कप्तानको भूमिका निर्वाह गर्ने अवसर प्राप्त गरेका थिए ।
आयरल्यान्ड र जिम्बाबेबिचको एकमात्र टेस्टमा टस जिती ब्याटिङ गरेको आयरल्यान्डले पहिलो पालीमा दुई सय ६० रन बनाएको थियो । दोस्रो दिनको खेल सकिँदासम्म जिम्बाबेले आफ्नो पहिलो पालीमा केवल एक विकेट गुमाएर ७२ रन बनाएको छ ।
आयरल्यान्डविरुद्धको उक्त टेस्टमा जोनाथन क्याम्पवेलसँगै जिम्बाबेका अन्य दुई खेलाडी नयासा मायाभो र निक वेल्चले पनि ‘डेब्यू’ गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्रीको निर्णय नेपाल चिकित्सक संघद्वारा स्वागत, आवासीय चिकित्सकको तलब ४८ हजार
-
८ दलीय मोर्चाविरुद्ध बन्यो अर्को मोर्चा
-
घरेलु मैदानमा जितविहीन बन्दै टुंगियो नेपाली टोलीको यात्रा, थाइल्यान्डसँग ७ विकेटले पराजित
-
लुम्बिनी प्रदेश सभामा विशेष सम्बोधनका लागि प्रधानमन्त्रीलाई निमन्त्रणा
-
काम गर्नेहरूलाई गफ गर्नेसँग तुलना नगरौँ : उपप्रधानमन्त्री सिंह
-
सातामा ४२ अंकले बढ्यो नेप्से, कारोबार रकममा तीव्र उतारचढाव