वार्नर ब्रोजले युट्युबमा हाल्यो फूल लेन्थका ३१ फिल्म
रियो द जेनरियो । अमेरिकी इन्टरटेनमेन्ट कम्पनी वार्नर ब्रदर्स इन्टरटेनमेन्टले आफ्नो आधिकारिक युट्युब च्यानलमा ३१ भन्दा बढी फूल–लेन्थका फिल्म अपलोड गरेको छ । यी फिल्म युट्युब प्रयोगकर्ताले निःशुल्क हेर्न पाउनेछन् ।
२०२१ मा डिस्कभरी र वार्नर मिडिया गाँभिएपछि रचनात्मक परियोजना सञ्चालनका लागि आलोचना खेप्नु परेपछि कम्पनीले यो निर्णय गरेको हो । दुई कम्पनी गाभिएपछि बनेको कम्पनीको सीईओ डेभिड जस्लाव हुन् ।
अपलोड गरिएको िफल्मका सूचिमा विभिन्न समयका पुराना हिट, कल्ट क्लासिक र कुख्यात फ्लप फिल्म छन् । खास कुरा चाँहि के छ भने यी मध्ये धेरैजसो फिल्म वार्नर ब्रदर्सको आफ्नै स्ट्रिमिङ प्लेटफर्म म्याक्समा समेत उपलब्ध छैनन् । यो निर्णयको पछाडिको कारण अझै स्पष्ट भइसकेको छैन ।
युट्युबमा निस्शुल्क हेर्न सकिने चलचित्रहरू विभिन्न विधा र दशकका छन् । यीमध्ये केही १९९६को माइकल कोलिन्स, १९९६को वेटिंग फर गफम्यान, १९८६को द मिसन र १९८२ को डेथट्र्याप आदि छन् ।
यो सूचीमा २००० को डन्जियन्स एण्ड ड्र्यागन फिल्म, १९८८ बबक्याट गोल्डथवेटको हट टु ट्रट, र एडी मर्फीको द एडभेन्चर्स अफ प्लुटो न्याश जस्ता फ्लप फिल्म पनि छन् । मार्लाेन ब्रान्डोको म्युटिनी अन द बाउन्टी र डेभिड बायर्नको ट्रू स्टोरीज पनि छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्रीको निर्णय नेपाल चिकित्सक संघद्वारा स्वागत, आवासीय चिकित्सकको तलब ४८ हजार
-
८ दलीय मोर्चाविरुद्ध बन्यो अर्को मोर्चा
-
घरेलु मैदानमा जितविहीन बन्दै टुंगियो नेपाली टोलीको यात्रा, थाइल्यान्डसँग ७ विकेटले पराजित
-
लुम्बिनी प्रदेश सभामा विशेष सम्बोधनका लागि प्रधानमन्त्रीलाई निमन्त्रणा
-
काम गर्नेहरूलाई गफ गर्नेसँग तुलना नगरौँ : उपप्रधानमन्त्री सिंह
-
सातामा ४२ अंकले बढ्यो नेप्से, कारोबार रकममा तीव्र उतारचढाव