शुक्रबार, २५ माघ २०८१
ताजा लोकप्रिय

वार्नर ब्रोजले युट्युबमा हाल्यो फूल लेन्थका ३१ फिल्म

शुक्रबार, २५ माघ २०८१, १२ : ३८
शुक्रबार, २५ माघ २०८१

रियो द  जेनरियो । अमेरिकी इन्टरटेनमेन्ट कम्पनी वार्नर ब्रदर्स इन्टरटेनमेन्टले आफ्नो आधिकारिक युट्युब च्यानलमा ३१ भन्दा बढी फूल–लेन्थका फिल्म अपलोड गरेको छ । यी फिल्म युट्युब प्रयोगकर्ताले निःशुल्क हेर्न पाउनेछन् ।

२०२१ मा डिस्कभरी र वार्नर मिडिया गाँभिएपछि रचनात्मक परियोजना सञ्चालनका लागि आलोचना खेप्नु परेपछि कम्पनीले यो निर्णय गरेको हो । दुई कम्पनी गाभिएपछि बनेको कम्पनीको सीईओ डेभिड जस्लाव हुन् ।

अपलोड  गरिएको  िफल्मका सूचिमा विभिन्न समयका पुराना हिट, कल्ट क्लासिक र कुख्यात फ्लप फिल्म छन् । खास कुरा चाँहि के छ भने यी मध्ये धेरैजसो फिल्म वार्नर ब्रदर्सको आफ्नै स्ट्रिमिङ प्लेटफर्म म्याक्समा समेत उपलब्ध छैनन् । यो निर्णयको पछाडिको कारण अझै स्पष्ट भइसकेको छैन ।

युट्युबमा निस्शुल्क हेर्न सकिने चलचित्रहरू विभिन्न विधा र दशकका छन् । यीमध्ये केही १९९६को माइकल कोलिन्स, १९९६को वेटिंग फर गफम्यान, १९८६को द मिसन र १९८२ को डेथट्र्याप आदि छन् ।

यो सूचीमा २००० को डन्जियन्स एण्ड ड्र्यागन फिल्म, १९८८ बबक्याट गोल्डथवेटको हट टु ट्रट, र एडी मर्फीको द एडभेन्चर्स अफ प्लुटो न्याश जस्ता फ्लप फिल्म पनि छन् । मार्लाेन ब्रान्डोको म्युटिनी अन द बाउन्टी र डेभिड बायर्नको ट्रू स्टोरीज पनि छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप