शुक्रबार, २५ माघ २०८१
ताजा लोकप्रिय
फोटोफिचर

तस्बिरमा हेर्नुहोस् ढलले ढाकिएको 'माइतीघर सडक'

शुक्रबार, २५ माघ २०८१, १२ : ३०
शुक्रबार, २५ माघ २०८१

काठमाडौँ ।  सङ्घीय राजधानी काठमाडौँका मुख्य खोलामा मात्रै होइन अब सार्वजनिक स्थानमा पनि ढल बग्न थालेका छन् । प्रशासनिक केन्द्र सिंहदरबारबाट केही मिटर पर रहेको माइतीघरमा अहिले ढल सडक ढाक्ने गरी बगिरहेको छ ।

दैनिक हजारौँले ओहोर दोहोर गर्ने र विभिन्न माग राखेर आन्दोलन गर्ने थलो हो माइतीघर  । बिहानैदेखि बेलुकीसम्म यहाँ विभिन्न माग राखेर प्रदर्शनकारीहरू आइरहेका हुन्छन्, सँगै मानिसहरू पनि ओहोरदोहोर गरिरहेका हुन्छन् । तर अहिले प्रदर्शनकारीहरूको छेउबाट नै ढल पनि बगिरहेको छ ।

केही सातादेखि सुरु भएको ढल बग्ने सिलसिला अहिले पनि चलिरहेको छ । प्रदर्शनकारीहरू १२ घण्टाजसो यस क्षेत्रमा बस्ने भए पनि ढल भने २४ सै घण्टा बगिरहेको छ ।

पानीको मूल फुटे जसरी नै ढल बगेर माइतीघरबाट थापाथली जाने बाटोसम्म पुग्छ । ढलको पानीले सडक क्षेत्र नै पुरै सिँचाइ गरेजस्तै देखिन्छ । गाडीहरू आवतजावत गरिरहने र खाल्डोमा जमेर बसेका पानी गाडीले छचल्काउँदा सडक पार गर्न कुरिरहेका पैदलयात्री र सडक पार गरिरहेका यात्रीको कपडामा समेत पर्ने गरेको छ ।

गर्मी बढ्दै जांदा यहाँको वातावरण नै गन्धले नाक थुनेर हिँड्न पर्ने बनेको छ । पुरै वातावरण नै प्रदूषित हुँदासमेत राज्यका कुनै पनि निकायको यस तर्फ ध्यान भने पुग्न सकेको छैन ।

maitighar sadak dhal (2)maitighar sadak dhal (3)maitighar sadak dhal (4)maitighar sadak dhal (5)maitighar sadak dhal (6)maitighar sadak dhal (7)maitighar sadak dhal (8)maitighar sadak dhal (9)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप