१५ वर्षमा अमेरिकाबाट ‘डिपोर्ट’ गरिने भारतीय कति पुगे ?

नयाँ दिल्ली । अमेरिकाबाट हालै १०४ जना भारतीयलाई डिपोर्ट गरिएको र उनीहरूलाई गरिएको अपराधी जस्तो व्यवहारबारे भारतमा यतिबेला हंगामा भइरहेको छ । यही विषयमा भारतीय विदेशमन्त्री एस जयशंकरले बिहीबार संसदका दुवै सदनमा आफ्नो बयान पनि दिए ।
विपक्षीको विरोधका बीच अमेरिकी अधिकारीहरूको यस्तो कारबाही नयाँ नभएको जयशंकरले बताए । यसैक्रममा उनले पछिल्लो १५ वर्षमा फिर्ता पठाइएका अवैध भारतीय आप्रवासीहरूको संख्या पनि खुलाएका थिए ।
२००९ देखि यता अमेरिकाबाट १५ हजार ७५६ अवैध भारतीय आप्रवासीहरूलाई भारत फिर्ता पठाइएको जयशंकरले राज्यसभालाई बताए । फर्काइने भारतीयहरूलाई उडानमा कुनै पनि प्रकारको दुर्व्यवहार नहोस् भन्ने चाहिँ अब आफूले सुनिश्चित गर्ने उनको भनाई थियो ।
वैध यात्रीहरूका लागि भिसा सहज बनाउने कदम उठाउने समयमा अवैध आप्रवासन धन्दा चलाउनेमाथि कारबाही हुनुपर्नेमा पनि उनले जोड दिएका थिए ।
अमेरिकाबाट भारतीयहरूलाई देश निकाला गर्ने प्रक्रिया नयाँ नभएको र विदेशमा अवैध रूपमा बसोबास गरिरहेका आफ्ना नागरिकलाई फिर्ता लैजानु सबै देशको जिम्मेवारी भएको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नयाँ गन्तव्यको प्रचारका लागि युवा पुस्तालाई जोड्दै पर्यटन बोर्ड
-
विश्व मानवअधिकार अवस्था प्रतिवेदन सार्वजनिक : मानव अधिकारको अवस्था चिन्ताजनक
-
राउटे मुखिया शाहीको मृत्यु
-
एनआरएनए विवादसम्बन्धी तीन वटा रिट र निवेदन हेर्न नमिल्ने
-
काठमाडौं भ्यूटावर भत्काउनुपर्ने पक्षमा उपमेयर सुनिता डंगोल
-
आख्यानकार ध्रुवचन्द्र गौतमलाई ‘राष्ट्रिय लेखक पुरस्कार’ प्रदान