अमेरिकाद्वारा भेनेजुएलाका राष्ट्रपति मदुरोको दोस्रो विमान पनि जफत

कारकास । अमेरिकाले भेनेजुएला राष्ट्रपति निकोलस मदुरोको दोस्रो विमान जफत गरेको छ । अमेरिकी विदेश मन्त्री मार्क रुबियोले औपचारिक रूपमै मदुरो सरकारको अर्को विमान पनि जफत गरेका हुन् ।
अमेरिका सरकारको तर्फबाट बिहीबार उक्त विमान जफत गरिएको भन्दै सीएनएनले समाचार छापेको छ । बिहीबार जफत गरिएको डासल्ट फाल्कन २०० ईएक्स अमेरिकी प्रतिबन्धमा परेको विमान थियो ।
२०२४ को अप्रिलदेखि विमानलाई सान्तो दोमिन्गोमै रोकेर राखिएको थियो । यो विमानलाई भेनेजुएलाको सरकारी तेल कम्पनी पीडीभीएसएले अमेरिकासँग २०१७ मा किनेको बताइएको छ ।
दशकौँदेखि अमेरिका र भेनेजुएलाबिचको सम्बन्ध तनावग्रस्त रहँदै आएको छ । सेप्टेम्बरमा पनि अमेरिकाले डोमिनिकन रिपब्लिकनबाट मदुरोको विमान जफत गरेको थियो ।
यी दुवै विमान मदुरो सरकारको भएको र यसलाई उच्चस्तरीय भेनेजुएला अधिकारीहरूको यात्रामा प्रयोग गरिँदै आएको बताइएको छ । मार्क रुबियो आफ्नो पहिलो विदेश भ्रमणमा डमिकन रिपब्लिक गएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्ट्रेलियाका म्याथ्यू वेड गुजरात टाइटन्सको सहायक प्रशिक्षक
-
संविधानलाई संशोधन गरेर सर्वमान्य बनाउनुपर्छ : सांसद यादव
-
प्रदेश सभातिर धाएर के सन्देश दिन खोज्दैछन् प्रधानमन्त्री ?
-
अन्तिम खेलमा बेंगलुरुसँग पराजित भएपछि मुम्बई एलिमिनेटर खेल्न बाध्य, दिल्ली सिधै फाइनलमा
-
प्रदेश सभामा प्रधानमन्त्रीले सम्बोधन गर्नु संघीयताप्रतिको प्रतिबद्धता नै हो
-
पैतालीस कोठाको घैरुङ स्वास्थ्य चौकी निर्माण सम्पन्न