श्रेयष ऐयर भन्छन्– ‘प्लेइङ–११ मा नाम नपरेकाले फिल्म हेरेर बसेको थिएँ’
![श्रेयष ऐयर भन्छन्– ‘प्लेइङ–११ मा नाम नपरेकाले फिल्म हेरेर बसेको थिएँ’](https://npcdn.ratopati.com/media/news/shreyas-iyer_5b3mnKo9MZ.webp)
काठमाडौँ । इङ्ल्यान्डविरुद्धको पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा घरेलु टोली भारतलाई चार विकेटको जित दिलाउन श्रेयष ऐयरको भूमिका महत्वपूर्ण रह्यो । दुई सय ४९ रनको लक्ष्य पछ्याएको भारतलाई जितसम्म डो¥याउन श्रेयषले ५९ रनको योगदान गरे ।
चौथो नम्बरमा क्रिज समाल्न आएका ३० वर्षीय श्रेयषले आक्रामक पाली खेल्दै केवल ३६ बलमा दुई छक्का र नौवटा चौका प्रहार गरेका थिए । टोलीलाई खेल जिताएको एक दिनपछि श्रेयषले एउटा रमाइलो रहश्य खोलेका छन् ।
श्रेयषले नागपुरमा खेलिएको इङ्ल्यान्डविरुद्धको पहिलो खेलका लागि सुरुमा आफूलाई मैदानमा ओर्लने ११ खेलाडीको सूचिभित्र नपारिएको बताएका छन् । खेल सुरु हुनुभन्दा अघिलल्लो रातमात्र कप्तान रोहित शर्माले आफूलाई प्लेइङ–११ भित्र राखिएको जानकारी टेलिफोनमार्फत दिएको श्रेयषले बताए ।
‘सुरुमा मलाई प्लेइङ–११ भित्र पारिएको थिएन । त्यसैले मैले खेलको कुनै योजना पनि बनाएको थिइन । म राति घरमा फिल्म हेरेर बसिरहेको थिएँ । त्यसैबेला कप्तान रोहित शर्माले टेलिफोन गरेर मलाई भोलीको खेलका लागि तयार रहन जानकारी दिनुभयो,’ सञ्चारकर्मीसँगको कुराकानीमा उनले भने ।
अन्तिम समयमा आएर स्वास्थ्य समस्याका कारण विराट कोहलीले खेल्न नसक्ने भएपछि आफूले प्लेइङ–११ मा स्थान पाएको पनि उनले बताए । यसअघि पनि आफूले यस्तो परिस्थितको सामना गर्नु परेको अनुभवसमेत उनले सार्वजनिक गरेका छन् । तर, त्यतिबेला भने श्रेयष आफै घाइते भएका थिए ।
‘प्लेइङ–११ भित्र पर्नेमा म आशावादी थिएँ तर, विश्वस्त भने थिइन । अघिल्लो वर्ष एसिया कपका क्रममा पनि मैले यस्तै परिस्थितिको सामना गर्नु परेको थियो । त्यतिबेला म प्लेइङ–११ मा परेको थिएँ । तर, अन्तिम समयमा घाइते भएँ । मेरो स्थानमा अर्का खेलाडीले मैदानमा ओर्लने अवसर पाए र उनले शतक पनि बनाए,’ श्रेयषले भनेका छन् ।
अप्रत्यासित रुपमा प्राप्त हुने यस्ता अवसरहरुलाई खेलाडीले सदूपयोग गर्न सक्नु पर्ने धारणा पनि उनले व्यक्त गरेका छन् । ‘अप्रत्यासित रुपमा प्राप्त हुने यस्ता अवसरलाई खेलाडीले सदूपयोग गर्न सक्नु पर्छ । हिजो मेरो स्थानमा आएका खेलाडीले शतक बनाएर आफूलाई प्रमाणित गरे । आज मैले आफूलाई प्रमाणित गरेर देखाएँ । खेलाडीको जीवनमा यस्ता क्षण आइरहन्छन्,’ उनले भनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो थियो विक्की कट्रिनाको पहिलो भेट
-
मानव बस्ती बिचबाट लगिएको सव स्टेसनले जनताको उठिबास हुन्छ : सांसद गौतम
-
दुर्घटनामा ५ जनाको मृत्यु (विवरणसहित)
-
रविलाई जिल्ला घुमाएर पीडितको रकम फिर्ता हुन्छ ?
-
वैदेशिक रोजगारीमा विभिन्न देशमा पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ
-
विद्युतीय व्यापार विधेयक प्रतिवेदनसहित प्रतिनिधिसभामा प्रस्तुत