शुक्रबार, २५ माघ २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
अर्थ

आज कति छ सुनचाँदीको मूल्य ?

शुक्रबार, २५ माघ २०८१, १० : ४७
शुक्रबार, २५ माघ २०८१

काठमाडौँ । नेपाली बजारमा शुक्रबार सुनको मूल्य सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा ४०० रुपैयाँ घटेको हो । यस्तै चाँदीको भने ५ रुपैयाँ बढेको छ । 

यससँगै शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ६८ हजार १०० रुपैयाँ कायम भएको छ । यस्तै चाँदीको १ हजार ९८५ रुपैयाँ कायम भएको छ । 

यसअघि बिहीबार सुनको मूल्य तोलामा १ लाख ६८ हजार ५०० रुपैयाँ कायम भएको थियो । यसैगरी चाँदीको मूल्य तोलामा १ हजार ९८० रुपैयाँ थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप