यी खेलकुदमा भाग लिन ट्रम्पले लगाए प्रतिबन्ध
![यी खेलकुदमा भाग लिन ट्रम्पले लगाए प्रतिबन्ध](https://npcdn.ratopati.com/media/news/image_LcxQOvMm3O.png)
वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार अर्को कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् । यो आदेशले ट्रान्सजेन्डर महिलाहरूलाई महिला खेलकुदमा प्रतिस्पर्धा गर्नबाट रोक्छ ।
यो आदेशले खेलकुदमा निष्पक्षता पुनर्स्थापित गर्ने रिपब्लिकन नेताहरूले बताएका छन् । तर एलजीबीटी समर्थक र मानव अधिकार सङ्गठनहरूले यो कदमलाई भेदभावपूर्ण भनेका छन् ।
ट्रम्पले सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसलमा यसबारे जानकारी दिएका हुन् । यो अमेरिकाका केटी र महिलाका लागि ठुलो दिन भएको उनले बताए । ‘हिजो, मैले एउटा कार्यकारी आदेशमा हस्ताक्षर गरेँ, यस कारणले गर्दा एनसीएएले आधिकारिक रूपमा आफ्नो नीति परिवर्तन गरी पुरुषहरूलाई महिला खेलकुदमा खेल्न अनुमति दिएको थियो । अब यो प्रतिबन्धित छ ।’ ट्रम्पले लेखे ।
एनसीएएको पूरा अर्थ राष्ट्रिय कलेजिएट एथलेटिक संघ हो । यसले अमेरिकामा अन्तरकलेज एथलेटिक्सलाई नियन्त्रण गर्छ । ‘पुरुषलाई महिलाहरूसँग प्रतिस्पर्धा गर्न कहिल्यै अनुमति दिइनु हुँदैनथ्यो, महिला खेलकुद बचाउने राष्ट्रपतिको रूपमा म गौरवान्वित छु ।’ उनले लेखेका छन् । अमेरिकी जनता र विश्वभर लोकप्रिय ओलम्पिक समितिले पनि सामान्य ज्ञान प्रयोग गरेर यो नीति लागू गर्ने आशा आफूले गरेको पनि उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धोकेबाज शब्द सुन्दा आफैँलाई भने झैँ लाग्छ : एलिना चौहान
-
प्रतिनिधिसभा बैठक [Live]
-
१ करोड ७० लाख डलर धोकाधडी कान्डमा बेसबल स्टार ओहतानीका अनुवादक जेल चलान
-
एक्स्ट्राटेक ओभल क्रिकेट स्टेडियममा शनिबारदेखि ‘फ्लड लाइड’ जडान
-
विपिन जोशीलाई छुटाउन प्रधानमन्त्री र राष्ट्रपतिको तर्फबाट पहल गर्दा हुँदैन ?
-
आवासीय चिकित्सकहरूको आन्दोलनप्रति नेपालीज् स्टुडेन्ट एसोसिएसन बंगालादेशको ऐक्यबद्धता