गाउँदा गाउँदै स्टेजमै भक्कानिएकी एलिनालाई ऋचा शर्माको ढाडस
काठमाडौँ । गायिका एलिना चौहान स्टेजमा गाउँदा गाउँदै भक्कानिएको एक भिडियो क्लिप भाइरल भएको छ । हालै पतिसँग सम्बन्ध विच्छेदको निवेदन दिएकी उनको यो भिडियो सार्वजनिक भएसँगै धेरै कलाकर्मीहरूले ढाडस दिइरहेका छन् ।
नायिका रिचा शर्माले पनि चौहानलाई ढाडस दिँदै यो साहस कायमै राख्न सुझाव दिएकी छिन् । धेरै महिलाहरू समाजको डरले आफूलाई बिर्सेर अरूको चाहनामा बाँच्न बाध्य भएको अवस्थामा चौहानले आफू र आफ्ना सपनालाई चुनेको भन्दै शर्माले यसले समाजलाई गतिलो सन्देश दिएको जिकिर गरेकी छिन् ।
सामाजिक सञ्जालमा उनले लेखेकी छिन्– 'प्रिय एलिना, तिमीले आफ्नो विवाह एक वर्षमै टुङ्ग्याउने निर्णय लियौ र मलाई थाहा छ, यो सजिलो निर्णय थिएन। समाजले प्रश्न गर्यो होला, परिवारले चिन्ता व्यक्त गर्यो होला, र धेरैले तिम्रो निर्णय बुझ्न सकेन होला, तर म बुझ्छु । किनभने तिमीले आफूलाई गुमाउन चाहेनौ। साँच्चै, सङ्गीत तिमीभित्र बाँचिरहेको थियो, तिमी त्यसैमा हराउन चाहन्थ्यौ। कसैले तिम्रो पखेटा काटेर घरको सानो खाँबोमा बाँध्न खोज्यो, तर तिमी उड्न चाहन्थ्यौ। '
उनले थप भनेकी छिन्– 'विवाह एउटा सम्बन्ध हो, बाँधिनु होइन। जब सम्बन्धले तिमीलाई साँघुरो बनाउँछ, तिम्रो सपनालाई थिच्छ, तब त्यसलाई निरन्तरता दिनुको कुनै अर्थ हुँदैन। तिम्रो आँटलाई म सलाम गर्छु। धेरै महिलाहरू समाजको डरले आफूलाई बिर्सेर अरूको चाहनामा बाँच्न बाध्य हुन्छन्। तर तिमीले आफूलाई चुन्यौ, आफ्ना सपनालाई चुन्यौ। सङ्गीत तिम्रो आत्मा हो, र तिमीले त्यसैलाई अँगाल्यौ। तिमीले जस्तो निर्णय लियौ, त्यसले तिमीलाई अझ बलियो बनाओस्।'
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महाकालीको बार आज कसलाई कति लाभदायी ? हेरौं राशिफल
-
वन नजिकका बस्तीमा जङ्गली हात्तीको उपद्रो
-
इटालियन सिरी’ए : युभेन्टस चौथो स्थानमा उक्लियो
-
बुण्डेस लिगामा बायर्न म्युनिखको शानदार जित
-
भाइ, पत्नी र दुई छोरी गुमाएका एलीसहित तीन इजरायली बन्धक हमासको कब्जामुक्त हुँदै
-
२० लाख पर्यटक भित्र्याउने गरी पोखरा भ्रमण वर्ष घोषणाको तयारी