नेतन्याहुविरुद्ध पक्राउ पुर्जी जारी गर्ने अन्तर्राष्ट्रिय फौजदारी अदालतमाथि ट्रम्पले लगाए प्रतिबन्ध
वासिङ्टन डिसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी) विरुद्ध प्रतिबन्ध लगाउने कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन्।
अदालतमाथि अमेरिका र उसको सहयोगी इजरायलविरुद्ध अनुचित र आधारहीन कारबाही गरेको आरोप लगाइएको छ।
यो आदेशले आईसीसीका अधिकारीहरू र उनीहरूका परिवारहरूका साथै अदालतको अनुसन्धानमा सहयोग गर्ने व्यक्तिहरूमाथि आर्थिक र भिसा प्रतिबन्ध लगाउँछ। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको वासिङ्टन भ्रमणको क्रममा ट्रम्पले यो आदेशमा हस्ताक्षर गरेका हुन्।
नोभेम्बर २०२४ मा, अन्तर्राष्ट्रिय फौजदारी अदालतले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । आईसीसीले नेतान्याहुमाथि गाजामा कथित युद्ध अपराधको आरोप लगाएको थियो ।
यस आरोपलाई इजरायलले अस्वीकार गरेको थियो। आईसीसीले हमासका कमाण्डरविरुद्ध पनि पुर्जी जारी गरेको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजकुमार एडवार्डसँग बेलायती सेनामा भर्ती भएपछिको खुसी साटासाट (तस्बिरहरु)
-
नेपाली पाइलटहरूबिच एकता र सहकार्यमा जोड
-
अस्ट्रेलियाकी यातायात मन्त्री हेल्यानले दिइन् पदबाट राजीनामा
-
जुम्लामा ११ किलोमिटर सडक निर्माण
-
‘अमेरिकाले सोसल इन्जिनियरिङका लागि खर्च हुने पैसा रोकेको एकदम ठिक छ’
-
२ करोड ७९ लाख धरौटी बुझाइसकेका रवि लामिछानेसँग कति छ सम्पत्ति ?