साविक विजेता नेपालगञ्ज सेन्ट जेभियर्स र होप इन्टरनेशनलबिच उद्घाटन खेल
काठमाडौँ । मेयर कप अन्तरविद्यालय जिल्लास्तरीय छात्र फुटबल प्रतियोगिताको उद्घाटन खेलमा साविक विजेता नेपालगन्ज सेन्ट जेभिर्यस स्कुल र होप इन्टरनेसनल स्कुलले प्रतिस्पर्धा गर्ने भएका छन् । बाँके जिल्ला फुटबल संघको आयोजनामा मेयर कप फुटबल प्रतियोगिता शनिबारदेखि नेपालगन्ज रंगशालामा हुँदैछ ।
मेयर कप फुटबल प्रतियोगिता–२०८१ को छात्रतर्फ २१ विद्यालयको सहभागिता रहेको छ । प्रतियोगिताको समूहमा ‘ए’ मा नेपालगन्ज सेन्ट जेभियर्स स्कुल, होप इन्टरनेशनल, पशुपति मावि राझाँ, ब्राइटल्याण्ड मावि, ड्रिमल्याण्ड, मनकामना, सगरमाथा, राम मावि, मोर्डन पब्लिक र जीवनज्योती स्कुल रहेका छन् ।
यसैगरी, समुह ‘बी’ मा आदर्श मावि राझाँ, जय बागेश्वरी स्कुल, मुनतारा, ग्रीनपीस, आर्दश मावि नेपालगन्ज, सेन्टथोमस, सिद्धार्थ विद्या सदन, धम्बोझी मावि, मंगल प्रसाद मावि, युनाइटेड र नेपालगन्ज मोडेल एकेडेमी रहेका छन् । प्रतियोगिताको फाइनल खेल फागुन ३ गते हुनेछ ।
यसैगरी, मेयर कप छात्रा फुटबलतर्फको खेल तालिका केहि दिनमा सार्वजनिक गरिने आयोजक बाँके जिल्ला फुटबल संघले जनाएको छ । छात्रातर्फको प्रतिस्पर्धामा सहभागी हुने टोलीको संख्या कम भएका कारण केहि दिनपछि खेल तालिका सार्वजनिक गरिने संघले जनाएको छ ।
हरेक वर्ष बाँके जिल्ला फुटबल संघले आयोजना गर्दै आएको मेयर कप अन्तरविद्यालय फुटबल प्रतियोगिताबाट उत्कृष्ट खेलाडी छनोट गरेर बाँके जिल्लाको टोली तयारी पारिने जानकारी बाँके जिल्ला फुटबल संघका अध्यक्ष एवं अखिल नेपाल फुटबल संघका केन्द्रिय सदस्य भोजराज शाहीले दिए ।
छात्रातर्फको फुटबल प्रतियोगितालाई नेपालगन्जमा हुन लागेको लुम्बिनी कप महिला फुटबल प्रतियोगितामा स्थानीय टोलीका लागि खेलाडी छनोटको रुपमा पनि लिइएको आयोजकले बताएको छ । प्रतियोगिताका क्रममा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई छनोट चरणमा सहभागि गराउने तयारी रहेको संघले जनाएको छ ।
विद्यालय स्तरका खेलाडीहरुलाई प्राथमिकतामा राखिएका कारण १८ वर्षसम्मका खेलाडीले मात्र प्रतियोगिता खेल्न पाउने नियम आयोजकले बनाएको छ । गत वर्ष छात्रतर्फ नेपालगन्ज सेन्ट जेभियर्स र छात्रातर्फ नेपालगन्ज मोडेल एकेडेमी च्याम्पियन बनेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वार्नर ब्रोजले युट्युबमा हाल्यो फूल लेन्थका ३१ फिल्म
-
तस्बिरमा हेर्नुहोस् ढलले ढाकिएको 'माइतीघर सडक'
-
ब्राजिलका विद्यालयमा लागू भयो स्मार्टफोनमा प्रतिबन्ध
-
१५ वर्षमा अमेरिकाबाट ‘डिपोर्ट’ गरिने भारतीय कति पुगे ?
-
मधेसमा मातृका ब्रान्डको अग्नि परीक्षा
-
राजकुमार एडवार्डसँग बेलायती सेनामा भर्ती भएपछिको खुसी साटासाट (तस्बिरहरु)