शुक्रबार, २५ माघ २०८१
ताजा लोकप्रिय
अपराध

कैलालीको गोदावरीमा आमा–छोरी मृत भेटिए

शुक्रबार, २५ माघ २०८१, ०९ : १२
शुक्रबार, २५ माघ २०८१

काठमाडौँ । कैलालीको गोदावरीको एक घरमा आमा–छोरी मृत अवस्थामा भेटिएका छन् । 

जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी कवीन्द्रसिंह बोहोराका अनुसार गोदावरी नगरपालिका वडानम्बर ११ गोठानमा आमाछोरी मृत भेटिएका हुन् ।

‘अन्दाजी २३,२४ वर्षीया मिरा कामी र उनकी २ वर्षीया छोरी प्रिन्सी बिहीबार साँझ सात बजेको समयमा मृत फेला परेका हुन् । चारकोठे टिनको छानो भएको घरमा उनीहरू भेटिएका हुन्’डीएसपी बोहराको भनाई छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप