‘युनिभर्सल’ सर्टिफिकेट पाउँदै ‘रंगी’ सेन्सर पास

काठमाडौँ । सान्भी इन्टरटेनमेन्ट प्रालिको व्यानरमा निर्माण भएको फिल्म ‘रंगी’ ले केन्द्रीय चलचित्र जाँचपास समिति(सेन्सर बोर्ड)बाट ‘यू’ अर्थात ‘युनिभर्सल’ सर्टिफिकेट पाएको छ । फिल्मले बिहीबार बोर्डबाट ‘यू’ सर्टिफिकेट पाएको हो । ‘यू’ सर्टिफिकेट पाएसँगै यो फिल्म सबै उमेर समूहका दर्शकले हेर्न मिल्नेछ ।
अभिनेता सलोन बस्नेत प्रस्तुतकर्ता रहेको फिल्म विशेषत बाबुछोरीको कथामा आधारित छ । फिल्मको पोस्टर, टिजर, ट्रेलर र गीतले राम्रो हाइप पाइरहँदा सेन्सर बोर्डबाट प्राप्त प्रतिक्रिया प्रति निर्माण समूह खुसी छ । प्रस्तुतकर्ता बस्नेतले सेन्सर बोर्डका सदस्यहरूले फिल्म राम्रो बनेको प्रतिक्रिया दिएको बताए ।
आगामी फागुन २ गते रिलिज हुने फिल्ममा सुरेश न्यौपानेको ‘डेब्यू’ निर्देशन छ । फिल्ममा सलोन बस्नेत, नम्रता श्रेष्ठ, दिलीप रायमाझी, आयुषी ढकाल, उत्तम केसी, सुमिन गुरुङ, र विशाल पहारीको अभिनय छ । फिल्म ‘रंगी’ सलोनको डेब्यू निर्माण हो ।
सक्षम सुवेदी, करिश्मा केसी बस्नेत र अनिश गौतमको निर्माण रहेको फिल्ममा सुमन गजमेरको लेखन, सौरभ लामाको छायांकन, दुर्गेश थापा, आमेश भण्डारी र भीम बिसीको संगीत, बन्दे प्रसादको सम्पादन, कविराज गहतराज र शिशिर खातीको कोरियोग्राफी तथा केवलमान सिंह बस्नेतको प्रोडक्सन छ ।
फिल्मलाई एप्पल इन्टरटेनमेन्ट, एफडी र रिच इन्टरटेनमेन्टले वितरण गर्दैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चेकजाँचका क्रममा भागेको कार दुर्घटना, ४ सय २१ किलो गाँजा बरामद
-
फाइल बोकेर म आफैँ सिंहदरबार गएँ : मुख्यमन्त्री लामा
-
‘मोहर’को फस्टलुक रिलिज, यस्तो छ पल, बेनिशा र नीतिको गेटअप
-
दक्षिण कोरियामा नेपाली कामदारलाई आत्महत्या गर्न बाध्य पार्ने मालिक पक्राउ
-
‘जार’मा बाघको अभिनयका लागि कति भयो खर्च ?
-
फिल्म ‘पिताम्बर’हेरेपछि चलचित्रकर्मीले गरे निर्देशक कृषाको तारिफ