झापाबाट काठमाडौँ आउँदै गरेको गाडी सिन्धुलीमा दुर्घटना
काठमाडौँ । झापाबाट काठमाडौँतर्फ आइहेको निजी गाडी दुर्घटना भएको छ ।
विपी राजमार्गअन्तर्गत गोलञ्जोर गाउँपालिका–५ मा शुक्रबार बिहान भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने अन्य पाँच जना घाइते भएका छन् । साथै एक जनाको अवस्था गम्भीर छ ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक गोविन्दराज काफ्लेका अनुसार दुर्घटनामा गाडीचालक दोलखाको गौरीशङ्कर गाउँपालिका घर भएका २७ वर्षीय सुशान्त नेपालीको मृत्यु भएको हो ।
मोरङको लेटाङ नगरपालिका–२ का ३४ वर्षीय देवी लिम्बूको अवस्था गम्भीर छ । उनको सिन्धुली अस्पतालमा उपचार भइरहेको छ । इलाम देउमाई नगरपालिका–८ का ५३ वर्षीय सनबहादुर तामाङ, काठमाडौँ कागेश्वरी मनोहरा नगरपालिका–५ का २८ वर्षीया श्वेता गिरी, सोही स्थानका २८ वर्षीय सञ्जय रोक्का, झापाको बाह्रगढी गाउँपालिका– १ का २७ वर्षीय किस्कु मण्डल घाइते भएको उनले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापाको होटलमा बेहोस भएका युवकको मृत्यु, युवती र होटल सञ्चालक पक्राउ
-
आज कति छ सुनचाँदीको मूल्य ?
-
नयनराज पाण्डेको कथामा आधारित नाटक ‘कथा कस्तुरी’, तस्बिरहरू
-
यी खेलकुदमा भाग लिन ट्रम्पले लगाए प्रतिबन्ध
-
सरकारी कर्मचारीलाई बर्खास्त गर्ने मस्कको योजनालाई अदालतको झट्का
-
देशभर भिड्दै ‘ममी’, ‘सारंग’ र ‘जुनाः एक व्यथा’