दातृ निकायको सहयोगका आयोजनामा पनि हालत खराब, एमसीसीको सबैभन्दा कमजोर प्रगति

काठमाडौँ । विदेशी दातृ निकायबाट स्रोत सुनिश्चित भइ अघि बढेका आयोजनाले समेत खासै गति लिन सकेका छैनन् । सरकारले संसदमा प्रस्तुत गरेको चालु आर्थिक वर्षको पहिलो ६ महिनाको विवरण अनुसार यो अवधिमा दातृ निकायको सहयोगमा अघि बढेका आयोजनको प्रगति जम्मा १७.७० प्रतिशत देखिएको हो ।
यो वर्ष दातृ निकायमध्ये विभिन्न निकायको १३ वटा कार्यक्रम अन्तर्गत २ खर्ब ३ अर्ब ६७ करोड ७८ लाख रुपैयाँ बजेट विनियोजन भएको थियो । त्यसमध्ये ३६ अर्ब ६ करोड ७१ लाख रुपैयाँ बजेट खर्ब भएको अर्थ मन्त्रालयले जनाएको छ ।
यसमध्ये नेपाल स्कुल एजुकेसनल सेक्टर प्लान (एसईएसपी) र आईएमएफको विस्तारित कर्जा सुविधाको प्रगति ३५ प्रतिशतभन्दा धेरै देखिएको छ । त्यस्तै, युरोपियन इन्भेष्टमेन्ट बैंकको ३२ प्रतिशत, एडीबीको पब्लिक फाइनान्सियल म्यानेजमेट कार्यक्रमको २९ प्रतिशत बजेट खर्ब भएको छ ।
यो अवधिमा सबैभन्दा कम खर्च अमेरिकाको मिलिनियम च्यालेञ्ज कर्पोरेसन अन्तर्गतको कार्यक्रममा भएको छ । यो कार्यक्रममा विनियोजित बजेटको जम्मा ८ प्रतिशत बजेट खर्च भएको अर्थ मन्त्रालयको तथ्याङ्क छ ।
वैदेशिक स्रोतमध्ये प्रतिशतका आधारमा दोस्रो सबैभन्दा कम खर्च भएको एडीबीको खर्च सबैभन्दा देखिएको छ । यो शीर्षका ७१ अर्ब ५८ करोड २९ लाख विनियोजन गरिएकोमा ६ अर्ब ७० करोड ३३ लाख अर्थात् ९.३६ प्रतिशत बजेट खर्च भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्याग्दीको बेनी नगरपालिकामा ‘आमा समूहसँग उपमेयर’ कार्यक्रम
-
आईपीएल : पुछारमै थन्कियो चेन्नई, हैदरावाद उक्लियोआठौं नम्बरमा
-
झापाको मेचीनगर नगरपालिकामा अनुगमन तीब्र, खाद्य उद्योगलाई जरिवाना
-
१२ बजे, १२ समाचार : डाबरद्वारा राज्यको सम्पत्ति दोहनदेखि नागरिक उन्मुक्ति पार्टी र जनमतबीच एकताका लागि बोलाइयो बैठकसम्म
-
गायक नवीन के भट्टराई ब्यान्डसहित लन्डनमा
-
नागरिक उन्मुक्ति पार्टीले बोलायो केन्द्रीय समिति बैठक