नेसपा (नयाँ शक्ति)को उपाध्यक्षमा उम्मेदवारी दिने घलेको घोषणा

काठमाडौँ । युवा व्यवसायी रामबहादुर घलेले नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को आसन्न महाधिवेशनमा समावेशी उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् ।
यही माघ २७, २८ र २९ गते काठमाडौँको प्रज्ञा भवनमा हुने महाधिवेशनमा आदिवासी जनजाति कलष्टरको प्रतिनिधित्व गर्दै उपाध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।
उम्मेदवारी घोषणा गर्दै उनले भावि योजना पनि सार्वजनिक गरेका छन् । घलेका योजनामा गाउँ, नगर, र प्रदेशस्तरमा पार्टीको संरचना विस्तार गर्ने, सक्षम, अनुभवी र शिक्षित युवा, महिला, दलित, जनजाति, र पिछडिएका वर्गलाई पार्टीको मुख्य धारामा सक्रिय रूपमा समेट्ने, युवाका लागि स्टार्टअप, रोजगारी, र नेतृत्व विकासका कार्यक्रम सुरु गर्ने लगायत रहेका छन् ।
विगत तीन दशकदेखि पर्यटन र आईटी लगायतका क्षेत्रमा व्यवसाय गर्दै आएका घलेले उम्मेदवारी घोषणा गर्दै भनेका छन्– 'विज्ञान र प्रविधि नै वैकल्पिक बाटोमा मोडिसक्यो, आजको ए आई युगमा राजनीतिमा पनि वैकल्पिक शक्तिको उदय आजको आवश्यकता हो। मलाई विश्वास छ, नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) ले नेपालको राजनीतिमा नयाँ विकल्पको रूपमा आफ्नो भूमिका स्थापित गरेरै छोडनेछ। '
उनले पार्टीको प्रतिबद्धता ५ स अनुसार अघि बढ्ने र यसलाई कार्यान्वयन गर्ने जिम्मेवारी पूर्ण ईमान्दारी र समर्पणका साथ निर्वाह गर्ने प्रतिबद्धता समेत जनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णाली मन्त्रिपरिषद् बैठक : के–के भए निर्णय ?
-
पक्लिहवा कृषि क्याम्पसमा निर्वाचन अधिकृतको राजीनामा माग्दै तालाबन्दी
-
लोकतन्त्रमा पूर्वराजाले पनि आफ्नो पक्षमा जनमत निर्माण गर्न पाउँछन् : अध्यक्ष राई
-
न्यून भिजिविलिटीका कारण विमान आकाशमै ‘होल्ड’
-
महेन्द्र मोरङ क्याम्पसमा नेविसंघको गुण्डागर्दी : निर्वाचन प्रमुखलाई कोठामा थुनेर आगो लगाइयो, प्रहरीद्वारा उद्धार
-
राजनीतिक स्थिरताका लागि प्रत्यक्ष निर्वाचित राष्ट्रपति समाधान होइन: उपमहासचिव ज्ञवाली