आहा ! रारा पोखरा गोल्डकप : चर्च व्वाइज क्वाटरफाइनलमा

कास्की । चर्च व्वाइज फुटबल क्लब पोखरामा जारी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तर क्लब आमन्त्रित आहा १ रारा पोखरा गोल्ड कप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
पोखरा रङ्गशालामा आज भएको प्रतिस्पर्धात्मक खेलमा सडन डेथमा एनआरटी फुटबल क्लबलाई हराउँदै चर्च व्वाइजले अन्तिम आठको यात्रा तय गरेको हो । एनआरटी र चर्च व्वाइजले पोखरामा पहिलो पटक प्रतिस्पर्धा गरेका हुन् । पहिलो हाफमा एक गोलले पछि परेको चर्चले दोस्रो हाफमा गोल फर्काउँदै खेल बराबरी गर्न सफल भयो ।
एनआरटीले खेलको २५ औँ मिनेटमा रिचार्ड विल्सनको गोलबाट अग्रता लियो । तर खेलको ६४ औँ मिनेटमा एनआरटीका नरेन चौधरीले मनिष जर्गामगरलाई पेनाल्टी बक्समा लडाएपछि चर्चले पेनाल्टी पायो । नविन लामाले पेनाल्टीमा गोल गर्दै खेल बराबरीमा ल्याउन सफल भए ।
निर्धारित समय र अतिरिक्त समयको खेल एक एक गोलको बराबरीपछि पेनाल्टी सुटआउटमा पुगेको थियो । पेनाल्टीमा चर्च ब्वाइजका गोलकिपर टिकेन्द्रसिंह थापा, अकिन्स बाफोर, प्रशान्त लक्सम, नविन लामा, अबायोमी र मिलन राईको प्रहार गोलमा परिणत भयो भने सकल रेग्मी र राज भुषालले गोल गर्न सकेनन् ।
एनआरटीका गोलकिपर विशाल सुनार, अन्जन विष्ट, सुमित श्रेष्ठ, जय गुरुङ र रवि लोप्चनको पेनाल्टी गोलमा परिणत भयो । रिचार्ड विल्सन, जन्मदेव धामी र मिचेल मगरको प्रहार खेर गएको थियो । चौविसौँ संस्करणको आहा रारा पोखरा गोल्डकपमा नेपालका नौ र तीन विदेशी टोलीले सहभागिता जनाएका छन् ।
प्रतियोगिताको विजेताले रु १२ लाख सहित शिल्ड, मेडल र प्रमाणपत्र तथा उपविजेताले रु ६ लाखसहित सिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार पाउनेछन् । यसैगरी प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले स्कुटर पुरस्कार पाउनेछ ।
प्रतियोगिताको सर्वाधिक गोलकर्ता, उत्कृष्ट डिफेन्डर, गोलरक्षक, मिडफिल्डर, स्टाइकर र प्रशिक्षकले जनही रु २५ हजार पुरस्कार पाउनेछन् । यस्तै ‘फेएर प्ले’को रूपमा एउटा टोलीलाई पुरस्कृत गरिने सहाराका महासचिव रामजीप्रसाद अधिकारीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्ट्रेलियाका म्याथ्यू वेड गुजरात टाइटन्सको सहायक प्रशिक्षक
-
संविधानलाई संशोधन गरेर सर्वमान्य बनाउनुपर्छ : सांसद यादव
-
प्रदेश सभातिर धाएर के सन्देश दिन खोज्दैछन् प्रधानमन्त्री ?
-
अन्तिम खेलमा बेंगलुरुसँग पराजित भएपछि मुम्बई एलिमिनेटर खेल्न बाध्य, दिल्ली सिधै फाइनलमा
-
प्रदेश सभामा प्रधानमन्त्रीले सम्बोधन गर्नु संघीयताप्रतिको प्रतिबद्धता नै हो
-
पैतालीस कोठाको घैरुङ स्वास्थ्य चौकी निर्माण सम्पन्न