बिहीबार, २४ माघ २०८१
ताजा लोकप्रिय

टिकटकरसँगको फोटो राखेर ओलीले हाने प्रचण्डलाई झटारो

बिहीबार, २४ माघ २०८१, २० : ३८
बिहीबार, २४ माघ २०८१

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग दुई टिकटकरले भेटेका छन् । टिकटकर  मिस पवि र अंशु वर्मासँग भेटको तस्बिर सामाजिक सञ्जाल फेसबुकमा राख्दै ओलीले अघिल्लो सरकारले टिकटक बन्द गरेको प्रसंग उप्काएका छन् । 

प्रचण्ड नेतृत्वको सरकारले टिकटक बन्द गरेको थियो भने ओलीले सत्तामा आएपछि पुनः खुला गरेका थिए । 

दुबै टिकटकर ओलीलाई भेट्न बिहीबार पुगेका हुन् । उनीहरूले अघिल्लो सरकारले जसरी टिकटक बन्द नगर्न र व्यवस्थित गरेर सञ्चालन गर्न सुझाव दिएको ओलीले फेसबुकमा उल्लेख गरेका छन् । 

‘आज दिउँसो आन्तरिक काममा व्यस्त थिएँ । सामाजिक सञ्जालका प्रतिभावान क्रिएटर मिस पवि र अंशु वर्मासँग साँझ कुराकानी भयो । उहाँहरूले टिकटकलाई अघिल्लो सरकारले जसरी बन्द नगर्न र व्यवस्थित गरेर सञ्चालन गर्न सुझाव दिनुभयो’, ओलीले लेखेका थिए । 

ओली बिहीबारको प्रतिनिधिसभा बैठकमा प्रतिपक्षी दलका नेता प्रचण्डले सम्बोधन गर्ने कार्यक्रममा अनुपस्थित भएका थिए । सम्बोधनका क्रममा प्रचण्डले ओली र उनी नेतृत्वको सरकारको कडा आलोचना गरेका थिए । ओलीले पनि प्रचण्डको नामै नलिइकन प्रचण्डले टिकटक बन्द गराएको भन्दै झटारो हानेका हुन् । यद्यपि प्रचण्डले आफूले ओलीकै दबाबमा टिकटक बन्द गर्नुपरेको विभिन्न कार्यक्रममा बताउने गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप