श्रमिकको न्यूनतम तलब २८ हजार बनाउन माग

काठमाडौँ । आम जनता पार्टी (आजपा) निकटको आम ट्रेड युनियन फेडरेशनले श्रमिकका हकअधिकार सहित विभिन्न माग गर्दै श्रम तथा रोजगार मन्त्री शरतसिंह भण्डारीलाई ध्यानाकर्षण पत्र बुझाएको छ ।
सिंहदरबारमा आज फेडरेशनका पदाधिकारीहरू पुगेर श्रममन्त्री भण्डारीलाई ध्यानाकर्षण पत्र बुझाएका हुन् । श्रमिकको हकअधिकारका लागि संघर्ष गरिरहेको फेडरेशनले विभिन्न कार्यक्रम सहित सङ्घर्षका कार्यक्रम जारी राखेको छ ।
फेडरेशनले श्रमिकको न्यूनतम तलब २८ हजार हुनुपर्ने, घरेलु श्रमिकको लागि ऐन निर्माण गर्नुपर्ने, नेपाली उधोगमा बिदेशी कामदारको अन्त्य र नेपाली श्रमिकले काम पाउने व्यवस्था गर्नुपर्ने, विदेशमा कामका लागि जाने श्रमिकलाई ट्रेड युनियन अधिकार र सामाजिक सुरक्षाको ग्यारेन्टी गर्नुपर्ने, पिस रेट ठेक्का तथा अनौपचारिक क्षेत्रमा सामाजिक सुरक्षा ऐन कार्यान्वयन गर्नुपर्ने लगायतका माग श्रम मन्त्रीसँग गरेको छ ।
फेडरेशनका इन्चार्ज धनकुमारी मगर, अध्यक्ष शिव थापा, सचिवालय सदस्य प्रेम थापा, लक्ष्मी राई, विमल गौली, प्रमोद शर्मा लगायतका नेताहरू ध्यानाकर्षण पत्र बुझाउन सिंहदरबार पुगेका थिए ।
यसैगरी आजपाले सरकारको मनपरी कर आतंकको बारेमा काठमाडौंमा शनिबार अन्तरक्रिया कार्यक्रम गर्दैछ । शनिबार रिपोर्टर्स क्लब भृकुटीमण्डपमा आजपाले अर्थ विज्ञसहितको सहभागितामा ‘कर आतङ्क कहिलेसम्म ?’ भन्ने बिषयमा अन्तरक्रिया कार्यक्रम गर्न लागेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रदेश सभातिर धाएर के सन्देश दिन खोज्दैछन् प्रधानमन्त्री ?
-
अन्तिम खेलमा बेंगलुरुसँग पराजित भएपछि मुम्बई एलिमिनेटर खेल्न बाध्य, दिल्ली सिधै फाइनलमा
-
प्रदेश सभामा प्रधानमन्त्रीले सम्बोधन गर्नु संघीयताप्रतिको प्रतिबद्धता नै हो
-
पैतालीस कोठाको घैरुङ स्वास्थ्य चौकी निर्माण सम्पन्न
-
सामान्य कुरा भन्न प्रधानमन्त्री प्रदेश सभामा आइरहन पर्दैन
-
प्रदेशले गर्दै आएको गुनासोप्रति मौन रहे प्रधानमन्त्री