प्रभु साहको प्रश्न : न्यायालयको विकृति हटाउनुपर्छ भन्नु अपराध हो ?

काठमाडौं । आम जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले न्यायालयको सुधारको लागि आवाज उठाउनु कसरी अदालतको अवहेलना हुन्छ भन्दै प्रश्न गरेका छन् ।
प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा बोल्दै सांसद साहले आफू कानूनमन्त्री भैसकेको र न्याय परिषदमा बसेर काम गरिसकेको व्यक्ति भएकोले अदालतको अवहेलनाबारे राम्रोसँग जानकार रहेको बताए ।
उनले भने,‘अदालत सक्षम हुनुपर्छ । न्याय निश्पक्ष हुनुपर्छ । न्यायालयमा सुधार हुनुपर्छ भन्नु गलत हो ? म सरकारलाई सोधन चाहन्छु–न्यायलयबाट विकृति र विसंगति हटाउनुपर्छ भन्नु अपराध हो ? म माननीय कानूनमन्त्रीलाई सोध्न चाहन्छु–न्यायाधीशको नियुक्ती, बढुवा र सरुवामा राजनीतिक हस्तक्षेप बन्द गर्नुपर्छ भन्नु अपराध हो ? दलीय प्रभावमा न्यायालय राख्नुहुँदैन भन्नु अपराध हो ? यदि होईन भने ममाथि अदालतको अवहेलना मुद्दा दर्ता कसरी भयो ? म सरकारको जवाफ चाहन्छु । दुनियाँले हेरेको छ–न्यायाधीहरुले नियुक्ती लिएकै दिन दलको कार्यालय पुगेको हामीले बिर्सिएका छैनौं । नेताहरुको कोठा कोठामा पुगेर सरुवा, बढुवा र उन्नती खोज्ने दृश्यहरुपनि हामीले देखेकै छौं । यो कुरा उठाउनु अपराध हो ? यसलाई सुधार गर्नुपर्छ र रोक्नुपर्छ भन्ने अपराध हो ?’
रौतहटको जिल्ला अदालतमा धर्ना र विरोध चलिरहेको प्रसंग उठाउँदै साहले किन रौतहटको अदालतप्रति जनआक्रोश बढेको र नियमित धर्ना भैरहेको छ भनेर प्रश्न गरे ।
साहले आफूले सुरुदेखि नै अदालतको सुधारको लागि आवाज उठाएको भन्दै संविधानसभामा खेलेको भूमिकाको पनि स्मरण गर्न सुझाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डोटीमा सिकार खेल्ने क्रममा गोली लाग्दा एक युवकको मृत्यु
-
सरकारले अस्पताललाई भुक्तानी दिन सकेन, स्वास्थ्य बिमा गर्नेलाई समस्या
-
अभियानको क्रममा कपिलवस्तुमा प्रचण्ड, बाणगंगामा मर्निङ वाक
-
अरु केही दिन मर्यादित भएर प्रदर्शनमा लागौं, हाम्रो विजय सुनिश्चित छ : अध्यक्ष सुवेदी
-
मकवानपुरगढीमा सवारी दुर्घटनाः दुई जनाको मृत्यु, १४ घाइते
-
वीरगञ्ज महानगरमा लगाइएको निषेधाज्ञा हट्यो