कंगोमा जेलब्रेकका क्रममा १५० भन्दा बढी महिला कैदीको बलात्कारपछि हत्या
_pCewgi7U0G.png)
कंगो । अफ्रिकी मुलुक कंगोमा जेलब्रेकका सिलसिलामा १५० भन्दा बढी महिला कैदीको बलात्कारपछि जलाएर हत्या गरिएको संयुक्त राष्ट्रसंघ (यूएन)का प्रवक्ताले जानकारी दिएका छन् । गोमा सहरमा रहेको कारागारमा जेलब्रेकका सिलसिलामा भगौडा पुरुष कैदीहरूले आगजनी गरेका थिए ।
यूएन मानव अधिकार कार्यालयका प्रवक्ता सेफ मागांगोले सीएनएनलाई दिएको जानकारी अनुसार भगौडा पुरुष कैदीबाट बलात्कृत भएका १६५ जना महिला कैदीमध्ये धेरै आगजनीमा मारिएका हुन् । बलात्कृत भएका ९ देखि १३ जना महिला कैदीमात्र बाँच्न सफल भएका छन् ।
विद्रोही र कंगोको सैनिकबिच गोमा सहरको नियन्त्रणका लागि भिडन्त चलिरहँदा गत जनवरी २७ मा पुरुष कैदीहरूले जेलब्रेकको योजना बनाएका थिए । त्यो दिन करिब ४ हजार कैदी फरार भएका थिए भने केही भने सुरक्षाकर्मीको गोली लागेर मारिएका थिए ।
कंगोका सञ्चारमन्त्री प्याट्रिक मुयायाले पनि १६५ जना महिला कैदीको बलात्कार भएको पुष्टि गरे । उनले यस बर्बर अपराधको भर्त्सना गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सागसब्जी बेचेर मासिक एक लाख आर्जन
-
अस्ट्रेलियाका म्याथ्यू वेड गुजरात टाइटन्सको सहायक प्रशिक्षक
-
संविधानलाई संशोधन गरेर सर्वमान्य बनाउनुपर्छ : सांसद यादव
-
प्रदेश सभातिर धाएर के सन्देश दिन खोज्दैछन् प्रधानमन्त्री ?
-
अन्तिम खेलमा बेंगलुरुसँग पराजित भएपछि मुम्बई एलिमिनेटर खेल्न बाध्य, दिल्ली सिधै फाइनलमा
-
प्रदेश सभामा प्रधानमन्त्रीले सम्बोधन गर्नु संघीयताप्रतिको प्रतिबद्धता नै हो