Update : प्राविधिक समस्या समाधान
बिहीबार, २४ माघ २०८१, १९ : ४६

काठमाडौँ । डिजिटल वालेट कम्पनी इसेवाको सेवा फेरि अवरुद्ध बनेको छ ।
प्राविधिक कठिनाइका कारण बिहीबार बेलुकादेखि सेवा अवरुद्ध भएको कम्पनीले जनाएको छ ।
कम्पनीले समस्या समाधानका लागि प्राविधिक टोली लागिपरेको भन्दै असुविधाका लागि क्षमायाचना गरेको छ ।
Update : यसै बीच इसेवाले एक सूचना जारी गर्दै समस्या समाधान भएर पूर्ववत रुपमा सेवा सञ्चालन भएको जानकारी दिएको छ।