हेटौंडाको फोहोर संकलन बन्द
![हेटौंडाको फोहोर संकलन बन्द](https://rpcdn.ratopati.com/media/albums/Hetauda-bazzar-1509931441_Brl6JSxtlL.jpg)
मकवानपुर । हेटौंडा उपमहानगरपालिकाको फोहोर संकलन ठप्प भएको छ । बिहीबारदेखि हेटौंडा उपमहानगरपालिका क्षेत्रको फोहोर संकलन बन्द भएको हो ।
उच्च अदालत पाटन हेटौंडा इजलासको आदेश अनुसार हेटौंडाको फोहोर संकलन गर्न बन्द भएको छ । हाल फोहोर व्यवस्थापन गरिरहेको स्थानमा फोहोर नफाल्न उच्च अदालत पाटन हेटौंडा इजलासले अन्तरिम आदेश दिएसँगै उपमहानगरपालिकाले सूचना जारी गरी फोहोर संकलन बन्द गरेको हो । उपमहानगरपालिकाले अर्को व्यवस्था नभएसम्मका लागि भन्दै फोहोर संकलन नगर्ने सूचना जारी गरेको हेटौंडा महानगरपालिकाका प्रवक्ता सविन न्यौपानेले जानकारी दिए ।
उच्च अदालत पाटन हेटौंडा इजलासले माघ २९ गते दुवै पक्षलाई अदालतमा छलफलको लागि बोलाएको छ । उक्त छलफल पछि उपमहानगरपालिकाले थप निर्णय दिने प्रवक्ता न्यौपानेले बताए । उनका अनुसार हेटौंडा बजार क्षेत्रको फोहोर व्यवस्थापनको दीर्घकालीन समाधान खोजिकार्य भइरहेको र तत्कालका लागि सोही स्थानमा व्यवस्थापन गरिरहेको हो ।
फोहोर संकलन बन्द भएसँगै दैनिक २६ टनभन्दा बढी फोहोर संकलन हुने हेटौंडाका सडकमा फोहार थुप्रिएर वातावरण प्रदुर्षण हुने खतरा बढेको छ । हेटौंडा उपमहानगरको व्यवस्थित र दीर्घकालीन डम्पिङ साइटको निर्माण नभएकोमा हेटौंडा–१० स्थित सिसौघारी नजिकै राप्ती खोला किनारमा फोहोर व्यवस्थापन गर्दै आइएको थियो ।
फोहोर व्यवस्थापन अव्यवस्थित भएको र नकुहिने फोहोरलाई आगो लगाएर वातावरण प्रदूषण गरिएको भन्दै योगेन्द्र प्रसाद उपाध्यायले उच्च अदालत हेटौंडा इजलाशमा रिट निवेदन दिएका थिए । सो निवेदनमाथि न्यायाधीश डा. निर्मला पौडेल भट्टराईले मंगलबार अल्पकालीन अन्तरिम आदेश जारी गरेकी हुन् ।
‘वातावरण प्रदूषण जस्तो संवेदनशील विषयमा अन्तरिम आदेशसमेत माग गरिएकाले विपक्षीबाट हेटौंडा–१० स्थित गोरक्षश्वर मन्दिरभन्दा दक्षिणतर्फ राप्तीतटमा फोहोर नफान्नू, फोहोर फाल्न नलगाउनू भनी विपक्षीहरूका नाममा उच्च अदालत नियमावली, २०७३ को नियम ४२ बमोजिम अल्पकालीन अन्तरिम आदेश जारी गरिएको छ,’ उच्च अदालत पाटन हेटौंडा इजलासबाट जारी आदेशमा भनिएको छ ।
हेटौंडा उपमहानगरपालिकाले २०२६ सालदेखि फोहर व्यवस्थापन गर्दै आएको डम्पिङ साइटमा पहिलोपटक फोहर फाल्न रोक लगाइएको हो । ग्रीन एण्ड क्लिन सिटी हेटौंडाले न्यूनतम रकम संकलन गरी फोहोर संकलनको काम गर्दै आएको थियो ।
उक्त कम्पनीले फोहोर व्यवस्थापनको नाममा पटक÷पटक आगो लगाउने गरेको भन्दै स्थानीयले विरोध समेत गर्दै आएका थिए । डम्पिङ साईटमा लागेको आगोबाट निस्केको विषाक्त धुवाँले वातावरण नै प्रदूषित बनाएको भन्दै स्थानीय अदालतसम्म पुगेका थिए । यसअघि हेटौंडा उपमहानगरपालिका–११ का वडा सदस्य विकास नेपालले हेटौंडा उपमहानगरपालिका भरको फोहोर संकलन गर्ने ठेकेदारविरुद्ध जिल्ला प्रशासन कार्यालयमा उजुरीसमेत दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : काठमाडौँका गुण्डामाथि प्रहरीको निगरानीदेखि चौथो मुद्दामा पनि रवि लामिछाने रिहासम्म
-
‘अमित झा साहित्य सङ्गीत पुरस्कार’ स्व कामतको परिवारलाई प्रदान
-
जङ्गली हात्ती मृत्यु प्रकरण: सरकारद्वारा छानबिन समिति गठन
-
नीतिगत समाधानसहित पुँजीगत खर्च गर्ने क्षमतामा वृद्धि गर्छौं : अर्थमन्त्री पौडेल
-
तर्साउन हानिएको गोली लागेर मकुनाको मृत्यु
-
वनमन्त्री शाहीसँग राष्ट्रसङ्घका आवासीय संयोजक हाम्दीको शिष्टाचार भेट