धरौटीमा छुटेपछि रविले भने– यो परिवर्तन जन्मिने बेलाको पीडा हो, जन्मिएरै छोड्छौँ
![धरौटीमा छुटेपछि रविले भने– यो परिवर्तन जन्मिने बेलाको पीडा हो, जन्मिएरै छोड्छौँ](https://npcdn.ratopati.com/media/news/rabi1_hCs9mxLHvb.jpg)
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अहिलेको पीडा परिवर्तन जन्मिने बेलाको पिडा भएको बताएका छन् ।
बिहीबार चितवन जिल्ला अदालतले ५४ लाख धरौटीमा रिहा गरेसँगै अदालत परिसरमा बोल्दै उनले परिवर्तन जन्मिने बेलाको पीडा भएकाले आफूहरूले रुनु नपर्ने बताए ।
सभापति लामिछानेलेले परिवर्तन जन्मिएरै छोड्ने बताए । उनले भने, ‘चितवनले परिवर्तनका लागि उद्घोष गरिसकेको हो । अघिल्लो पटक निर्वाचनमा नै यो व्यक्ति चुनेको होइन देशमा परिवर्तन चाहियो भनेर चितवनले सुरुवात गरेको हो । यो देश व्यापी हुन्छ ।’
सभापति लामिछानेले मुलुकको परिवर्तन गरेरै छोड्ने संकल्पसहित आफू अघि बढेको बताए । उनले चितवन देवभूमि भएकाले चितवनवासीहरू पनि देवता जस्तै रहेको बताए । उनले चितवनवासीले आफ्नो न्यायका लागि साथ दिएको भन्दै चितवनले परिवर्तन जन्माउन खोजेको कुरालाई देशभर नै परिवर्तन गरेर देखाउने बताए । उनले जालझेल पूर्ण ढंगले आफ्नो सांसद पदलाई निलम्बन गरिएकोप्रति आपत्ति जनाए ।
उनले भने, ‘प्रतिक्रिया दिने बेला त भएको होइन, तर मेरो निर्वाचन क्षेत्र चितवन भएकाले चितवनले मेरो न्यायका लागि लामो समयदेखि प्रयास गर्नुभएको छ । चितवन देवभूमि हो, सबैलाई थाहा छ । देवताको बास भएको ठाउँ हो । यहाँ देवता जस्ता मान्छे बस्नुहुन्छ । त्यसकारणले मलाई यहाँबाट न्याय नहुने भन्ने कुनै प्रश्न नै छैन । म पूर्ण रुपमा विश्वस्त नै छु । चितवनवासी आमाबुबा, दिदिभाईहरुले मेरो न्यायका लागि बारम्बार लड्नुभएको छ ।’
सभापति लामिछानेले परिवर्तनको लडाइँ अझै बाँकी रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘अमित झा साहित्य सङ्गीत पुरस्कार’ स्व कामतको परिवारलाई प्रदान
-
जङ्गली हात्ती मृत्यु प्रकरण: सरकारद्वारा छानबिन समिति गठन
-
नीतिगत समाधानसहित पुँजीगत खर्च गर्ने क्षमतामा वृद्धि गर्छौं : अर्थमन्त्री पौडेल
-
तर्साउन हानिएको गोली लागेर मकुनाको मृत्यु
-
वनमन्त्री शाहीसँग राष्ट्रसङ्घका आवासीय संयोजक हाम्दीको शिष्टाचार भेट
-
आफूविरुद्ध पार्टीले कारबाही गरेपछि कानुनी उपचार खोज्दै वडाध्यक्ष