बैंक ग्यारेन्टी बुझाएर रिहा भए रवि लामिछाने

काठमाडौँ । रास्वपाका सभापति रवि लामिछाने रिहा भएका छन् । चितवन जिल्ला अदालतले सहकारी ठगीमा मागेको ५४ लाख रुपैयाँ बैंक ग्यारेन्टी बुझाएर उनी रिहा भएका हुन् ।
लामिछानेमाथि साहारा सहकारी ठगीको आरोपमा प्रतिवादी बनाएर मुद्दा दायर भएको थियो । लामिछानेको बुधबारदेखि बयान र थुनछेक बहस भएको थियो ।
न्यायाधीश दयाराम ढकालको इजलासमा बिहीबार थुनछेक बहस सकिएसँगै अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको थियो । उक्त मुद्दामा सरकारी वकिलको तर्फबाट जिल्ला न्यायाधिवक्ताहरु रवि न्यौपाने, शम्भुकुमार बस्नेत, दशरथ पंगेनी, भोलानाथ निरौला सहायक जिल्ला न्यायाधिवक्ताहरु बुद्धबहादुर थापा र अमृत सुवेदीले बहस गरेका थिए ।
जाहेरवालाहरूका तर्फबाट वरिष्ठ अधिवक्ताहरू डा सुरेन्द्र भण्डारी, दिनेश त्रिपाठी र राजकुमार श्रेष्ठ अधिवक्ताहरु गोपिलाल देवकोटा, रमेश काफ्ले, रामचन्द्र आरसी गौतम र सुनिता अधिकारीले बहस गरेका थिए ।
त्यस्तै प्रतिवादी रवि लामिछानेका तर्फबाट वरिष्ठ अधिवक्ताहरू शुशिलकुमार पन्त, जगन्नाथ पौडेल, धर्मराज आचार्य र सुरेन्द्रबहादुर थापा तथा अधिवक्ताहरू रामाचन्द्र देवकोटा र डा नारायणदत्त कँडेलले बहस गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहलगाम हमला : न्यौपानेकाे शव घर आइपुग्यो
-
शशांकको घरमा चियापान, कांग्रेस नेताहरूको जमघट
-
प्रचण्ड र नारायणकाजी गोरखाको बारपाक जाने
-
भारतीय क्रिकेट टोलीका प्रमुख प्रशिक्षक गौतम गम्भीरलाई ज्यान मार्ने धम्की, सुरक्षाको माग
-
आउट नै नभई क्रिज छाडेर पेभेलियन फर्किएपछि ईशान किशनको चर्को आलोचना
-
कैलालीमा युवती बलात्कृत, एकजना पक्राउ