त्रिवि सिनेट बैठक राख्न माग गर्दै तीन स्ववियु सभापतिले बुझाए ध्यानाकर्षणपत्र

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको सभा राख्न माग गर्दै तीन जना स्ववियु सभापतिहरूले ध्यानाकर्षणपत्र बुझाएका छन् । फागुन महिलाको पहिला हस्तामा सिनेट बैठक आह्वान गर्न माग गर्दै उपकुलपति प्राडा केशरजंग बरालमार्फत कुलपति तथा प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकर्षण गराएका हुन् ।
विद्यार्थीका मुद्धालाई तत्काल हल गर्न सिनेट बैठक आह्वान गरिएको त्रिवि स्ववियु सभापति श्यामराज ओझाले जानकारी दिए । त्रिवि सिनेट सदस्य समेतका ओझासहित पुल्चोक क्याम्पस स्ववियु सभापति तथा सिनेट सदस्य विराज अर्याल र नेपाल ल क्याम्पस स्ववियु सभापति तथा सिनेट सदस्य विष्णु ढुंगेलले ध्यानाकषर्णपत्र बुझाएका हुन् ।
विद्यार्थीका मुद्धाहरू सम्बोधनका लागि विश्वविद्यालय अघि नबढेको खण्डमा थप संघर्ष गर्न बाध्य हुने समेत चेतावनी दिइएको छ । डेढ वर्षदेखि सिनेट बैठकमा विद्यार्थीका माग मुद्धाहरू उठान गर्र्दै आएको तर, अहिलेसम्म सुनुवाई हुन नसकेको उनीहरूको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज होली पर्व, हिमाली तथा पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाइँदै
-
युरोपीयन युनियनसँग पनि चर्को भन्सार असुल्ने ट्रम्पको घोषणा
-
होलीमा खेलिने रङहरू जस्तै नेपाली समाज पनि विविधतापूर्ण छ : सभापति देउवा
-
होली पर्वमा राष्ट्रपतिको सन्देश : सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन मद्दत पुग्ने
-
चार दिन यता काठमाडौंंसहित देशभर मौसम गडबडी, आज तीन प्रदेशमा पानी पर्ने
-
तनावपूर्ण मड्रिड डर्बी : एटलेटिकोमाथि नाटकीय जित निकाल्दै रियाल च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा